आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

देवचुली १० मा संचालित पुरुष भलिबल प्रतियोगिताको उपाधि एस के साउण्ड सर्भिस कावासोतीलाई

    प्रकाशित २०८० फागुन १६, बुधबार (२ महिना अघि)


देवचुली । देवचुली १० मा संचालित पुरुष भलिबल प्रतियोगिताको उपाधि एस के साउण्ड सर्भिस कावासोतीले जितेको छ । ४२ औं मगर एकता दिवसको अवसरमा पृथ्वी मगर समाज देवचुली १० द्वारा आयोजित प्रथम पुरुष तथा महिला भलिबल प्रतियोगिता अन्तरगत मंगलबार पुरुष तर्फ भएको फाइनल खेलमा अर्खलालाई हराउँदै एस के साउण्ड सर्भिस कावासोतीले उपाधि जितेको हो । प्रतियोगितामा एस के साउण्ड सर्भिस कावासोतीले अर्खलालाई ३-१ को सेटले हराएको हो ।

प्रतियोगितामा मंगलबार भएको दोस्रो सेमिफाइनलमा एस के साउण्ड सर्भिस कावासोतीले शंखदेवलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । त्यसै गरि सोमबार भएको पहिलो सेमिफाइनलबाट अर्खलाले आँपटारीलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।

प्रतियोगिताको विजेता एस के साउण्ड सर्भिस कावासोतीले नगद ५१ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता अर्खलाले नगद २५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । महिलातर्फ बिजेता मध्यबिन्दुले नगद १० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता पृथ्वी मगर समाजले ६ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरि तृतीय हुने देवचुली ९ ले ३ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

मंगलबार देवचुली १० मा निर्माण गरिएको मगर संग्रहालयको समुदघाटन सहित विविध सांस्कृतिक कार्यक्रम समेत गरिएको छ । पृथ्वी मगर समाजका अध्यक्ष भुवन सिं आलेको अध्यक्षता भएको तेस्रो दिनको कार्यक्रम समुदघाटनमा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेको प्रमुख आतिथ्यता रहेको थियो । आलेले नवनिर्मित मगर संग्रहालयको समुदघाटन गर्नुभएको हो ।
मंगलबार राष्ट्रिय लोक तथा दोहोरी गायक श्याम राना मगर, गायिका दिपिका वयम्बु मगर लगायत स्थानीय कलाकार प्रस्तुति रहेको थियो ।

Write your Comment