आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

देवचुली १० मा संचालित पुरुष भलिबल प्रतियोगितामा अर्खला फाइनल प्रवेश

    प्रकाशित २०८० फागुन १४, सोमबार (२ महिना अघि)


देवचुली । देवचुली १० मा संचालन भईरहेको भलिबल प्रतियोगितामा अर्खला फाइनल प्रवेश गरेको छ । ४२ औं मगर एकता दिवसको अवसरमा पृथ्वी मगर समाज देवचुली १० द्वारा आयोजित प्रथम पुरुष तथा महिला भलिबल प्रतियोगिता अन्तरगत सोमबार पुरुष तर्फ भएको पहिलो सेमिफाइनलमा आँपटारीलाई हराउँदै अर्खला फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा अर्खलाले आँपटारीलाई सोझो सेटले हराएको हो ।


प्रतियोगिता अन्तर्गत मंगलबार शंखदेवका विरुद्ध एस के साउण्ड सर्भिसबीच दोस्रो सेमिफाइनल खेल हुने जनाइएको छ । सेमिफाइनलमा बिजेता टिमले अर्खलासँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगितामा विजेताले नगद ५१ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप बिजेताले नगद २५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको खेल संयोजक टिकाबहादुर आलेले जानकारी दिनुभयो । सोमबार भएको आमा समुहबीच कुखुराको भाले समात्ने खेलमा सहमति आमा समूह र पृथ्वी आमा समूहले भाले समात्न सफल भएका छन् ।

पृथ्वी मगर समाजका अध्यक्ष भुवन सिं आलेको अध्यक्षता भएको दोस्रो दिनको कार्यक्रम समुदघाटनमा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम नगर प्रवक्ता तिलप्रसाद काफ्ले,नेपाल मगर संघका केन्द्रिय सदस्य मेखबहादुर थापा सारु मगर, विभिन्न वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। सोमबार स्थानीय कलाकार अश्मी थापा मगर, सुरेश राना मगर, टीका राना मगरले सांगीतिक प्रस्तुति रहेको थियो ।

मंगलबार पृथ्वी मगर समाजद्वारा निर्माण गरिएको संग्रहालयको समुदघाटन गरिने,भलिबलको समापन र राष्ट्रिय कलाकार श्याम राना मगर, दिपिका वयम्बु मगर लगायत स्थानीय कलाकार प्रस्तुति रहने आयोजकले जनाएको छ। मंगलबार बिहान ८ बजेदेखि नै भलिबलको सेमिफाइनल खेलाउने तयारी गरिएको छ।

Write your Comment