आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

गैंडाकोटमा भएको सवारी दुर्घटनामा परि चारजना घाइते

    प्रकाशित २०८० फागुन १३, आईतबार (५ महिना अघि)


ज्ञानु पंगेनी,नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको गैंडाकोटमा आज भएको सवारी दुर्घटनामा परि चारजना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत गैंडाकोटको भृकुटी चोकमा नारायणगढबाट बर्दिया आउँदै गरेको बा.प्र.०६००१ ख ०१९६ नं को बसले सोही दिसातर्फ बाट आउँदै गरेको ना ३६ प ९०४५ नं को स्कुटरलाई ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट गइरहेको ग १ च ७१५२ नम्बरको बिरामी बोकेको एम्बुलेन्समा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि एम्बुलेन्समा सवार डाइलोसिसको बिरामी मध्यबिन्दु १२ बस्ने ७५ बर्षीय मान बहादुर कुमाल गम्भिर घाइते हुनुभएको छ भने ,एम्बुलेन्समा सवार ४० बर्षीय भोट बहादुर कुमाल , एम्बुलेन्समा सवार ४५ बर्षीय सोम बहादुर कुमाल र स्कुटर चालक गैंडाकोट ६ बस्ने बर्ष ३३ का किशोर गौतम घाइते भएको प्रहरीले जनाएको छ ।घाइते सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

Write your Comment