आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली ८ मा किशोरी सशक्तीकरण कार्यक्रम सम्पन्न

    प्रकाशित २०८० फागुन १२, शनिबार (५ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ८ मा किशोरी सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ। देवचुली नगरपालिका वडा नम्बर ८ को आयोजना तथा देवचुली मिडिया प्रालिको समन्वयमा वडा कार्यालयको सभाहलमा कार्यक्रम गरिएको हो।


देवचुली नगरपालिका वडा न ८ ले आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित बजेटबाट कार्यक्रम गरिएको वडा अध्यक्ष नुन प्रसाद बाचेले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा किशोरी अधिकार,समुदायभित्रका बालबालिकाहरुका साझा र जल्दाबल्दा सवालहरु,किशोरीका साझा सवालहरु,हिंसा,दुर्व्यवहार,असमानता भनेको के हो?,हिंसा कहाँ कहाँ हुन्छ,सवाल पहिचान,हिंसा न्यूनीकरणमा सरोकारवालाहरुको भूमिका,बालमैत्री स्थानीय शासन,सुरक्षित अनलाइनको प्रयोग लगायतका विषयमा सहजीकरण गरिएको हो ।

देवचुली नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नुन प्रसाद बाचेको अध्यक्षता भएको कार्यक्रमको उदघाटन सत्रमा कार्यपालिका सदस्य जयबहादुर बिक, बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, किशोरी अभियन्ता रेजिना घर्ती मगर, सविता पंगेनीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा देवचुली नगरपालिका वडा न ८ का विभिन्न टोलका किशोरीहरुको सहभागिता रहेको थियो ।

Write your Comment