आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024 Search
FLASH NEWS

राइनो संरक्षण गोल्डकप : संकटालाई पराजित गर्दै अठ्ठाइस बिगाहा कावासोती सेमीफाइनलमा प्रवेश

    प्रकाशित २०८० फागुन ६, आईतबार (२ महिना अघि)


नवलपुर । अठ्ठाइस बिगाहा कावासोती छैटौँ राइनो संरक्षण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ‌मध्यबिन्दु नगरपालिका २ कोल्हुवास्थित राइनो रंगशालामा शनिबार भएको अन्तिम क्वार्टरफाइनलमा संकटा फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै अठ्ठाइस बिगाह कावासोती सेमिफाइनलमा प्रवेश गरेको हो । अठ्ठाइस बिगाह कावासोतीले प्रतियोगिताको अन्तिम ४ मा स्थान पक्का गरेको छ ।

खेलमा समिर तामाङले २ गोल गर्दै अठ्ठाइस बिगाहा क्लबलाई अग्रता दिलाएका थिए । संकटाका तर्फबाट भने ४५ औँ मिनेटमा खेलाडी गणेश हमालले एक गोल मात्रै फर्काए । शनिबारको खेलमा एक्लै २ गोल हान्ने तामाङ म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै आइतबार हुने पहिलो सेमिफाइनलमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबसँग खेल्ने छ । अठ्ठाइस बिगाहले अब सोमबार हुने सेमिफाइनलमा सेन्टर कलेज फोर ब्रदर्स भूमहीसँग सामना गर्नेछ ।

मोफसलकै सर्वाधिक पुरस्कार भएको प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ४ लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्येक खेलाडीले २० हजार रुपैयाँ पाउनेछन् ।

Write your Comment