आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024 Search
FLASH NEWS

देवचुली १५ मा कभर्ड हलको शिलान्यास

    प्रकाशित २०८० फागुन २, बुधबार (२ महिना अघि)


देवचुली। देवचुली १५ मा ब्याडमिन्टन कभर्ड हल बन्ने भएको छ । देवचुली नगरपालिकाको चार लाख र स्थानीय खेलाडीको २ लाख भन्दा बढी सहयोगमा साविक प्रगति निमाविको प्राङ्गणमा प्रगतिनगर कभर्डहल निर्माण गर्न लागिएको हो ।

कभर्ड हलको देवचुली नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष सुरेशकुमार रानाभाटले शिलान्यास गर्नुभएको हो । बसन्त पंचमीको अवसर पारी भवन शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष रानाभाटले कभर्ड हल निर्माण पश्चात स्थानीय खेलाडीहरुलाई ब्याडमिन्टन खेल खेल्नका लागि सहज हुने बताउनुभयो । कभर्ड निर्माण गर्नका लागि वडाले आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कभर्ड हल निर्माण उपभोक्ता समितिका अध्यक्ष जीवन श्रेष्ठले कभर्डहलको निर्माणको काम सुरु गरिएको जानकारी दिदैँ यस वर्ष भुई ढलान,प्लास्टर, ट्रस निर्माण गरिने साथै अधुरा कामहरु आगामी वर्ष पूरा गर्दै जाने बताउनुभयो ।

शिलान्यास कार्यक्रममा स्थानीय तथा खेलाडीहरुको उपस्थिति रहेको थियो। सो कार्यक्रमको सहजीकरण निर्माण उपभोक्ता समितिका सचिव सन्तोष काफ्लेले गर्नुभएको थियो।

Write your Comment