आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता : मंगलबार एपीएफ विजयी

    प्रकाशित २०८० फागुन १, मंगलबार (२ महिना अघि)


नवलपुर । नवलपुरको कोल्हुवामा सुरु भएको छैटौं संस्करण राईनो संरक्षण गोल्डकप फुटबल मंगलबारको खेलमा एपीएफ क्लब काठमाडौँ विजयी भएको छ । बागमती प्रदेशलाई १-० ले हराउँदै एपीएफ क्लबले प्रतियोगितामा जित निकालेको हो ।

बुधबार क्वाटर फाइनलको खेलमा त्रिभुवन आर्मी क्लब र सेन्टर कलेज फोर ब्रदर्श भुमही बीच खेल हुनेछ । प्रतियोगितामा १२ वटा टिम सहभागी छन् । ए डिभिजन, विभागीय टिमहरुको समेत सहभागिता रहेको यो खेलमा पहिलो र दोश्रो हुने टिमले ८ लाख र ४ लाख नगद पाउनेछन् । गत शनिबार उद्घाटन खेलमा विरगञ्ज युनाईटेड क्लबलाई २-१ ले हराउँदै सेन्टर कलेज फोर ब्रदर्शले प्रतियोगिता जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश गरेको थियो ।

Write your Comment