आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

बौदीकालीमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान

    प्रकाशित २०८० फागुन १, मंगलबार (५ महिना अघि)


नवलपुर। बौदीकाली गाउँपालिकाले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ। बौदीकाली गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमध्ये आधारभूत तह उत्तीर्ण परीक्षा र माध्यमिक शिक्षा परीक्षा-२०७९ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरिएको हो। युवा, शिक्षा तथा खेलकुद शाखा बौदीकालीको आयोजनामा वडा न २ को सभाहलमा सोमबार सम्मान कार्यक्रम गरिएको हो ।


कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा-२०७९ मा ३.२ जिपिए भन्दा बढी जि.पि.ए ल्याउने ९ जना विद्यार्थी, आधारभूत तह उतीर्ण परीक्षामा ३.२ जि.पि.ए भन्दा माथि ल्याउने ७ जना विद्यार्थी, कक्षा १२ मा सबै भन्दा बढि जि.पि.ए ल्याउने १ जना विद्यार्थीलाई सम्मान गरिएको हो। त्यसै गरि माध्यमिक तर्फ सबैभन्दा बढी औषत जिपिए ल्याउने डेढगाउँ मावी र आधारभूत तहमा सबैभन्दा बढी औषत जिपिए ल्याउने बेलभन्ज्याङ माविलाई सम्मान गरिएको छ । त्यसै गरि विषयगत उत्कृष्ट जिपिए ल्याउने आधारभूत तथा माध्यमिक शिक्षा परीक्षामा विषयगत शिक्षकहरू समेत सम्मान गरिएको हो।

सम्मान कार्यक्रमले विद्यालय, शिक्षक तथा विद्यार्थीहरु थप उत्प्रेरित भई विद्यालयको सिकाइ उपलब्धि वृद्धिमा सहयोग पुग्ने बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । नयाँ तवरले शैक्षिक सुधारका लागि पालिका योजना बनाइरहेको उहाँको भनाइ थियो। कार्यक्रममा सामुदायिक विद्यालयका शिक्षक,विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।

Write your Comment