आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता : आइतबार गण्डकी प्रदेश विजयी

    प्रकाशित २०८० माघ २९, सोमबार (२ महिना अघि)


नवलपुर । नवलपुरको कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा गण्डकी प्रदेश फुटबल टिम विजयी हुँदै क्वार्टरफाइनल प्रवेश गरेको छ । बीएफसी चितवनलाई २–१ गोलले हराउँदै गण्डकी प्रदेश फुटबल टिम राईनो संरक्षण गोल्डकप फुटबलको क्वाटरफाइनलमा पुगेको हो ।

कोल्हुवा राईनो रङ्गशालामा आईतबार भएको खेलमा गण्डकी प्रदेशका खेलाडी आकाश थपलिया र प्रशन्न श्रेष्ठले १/१ गोल गोल गरेका थिए । दोस्रो हाफको सुरुवातमै चितवन बीएफसीका खेलाडी विरेन्द्र लिम्बुले १ गोल फर्काएका थिए । सोमबार अठ्ठाइस बिघा कावासोती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ए डिभिजन, विभागीय टिम सहित १२ टिमले भाग लिएका छन् । विजेताले ८ लाख र उपविजेता टोलीले ४ लाख रुपियाँसहित ट्रफी पाउने छन् । प्रतियोगिताको फाइनल माघ ९ गते बुधबार हुनेछ ।

Write your Comment