आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली १३ मा कृषकहरुलाई लहरे तरकारीका बिउ वितरण

    प्रकाशित २०८० माघ २६, शुक्रबार (५ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर १३ मा कृषकहरुलाई लहरे तरकारीका बिउ बिजन वितरण गरिएको छ। वडाको आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटबाट बिहीबार बिउ वितरण गरिएको हो।


वडामा किसानहरुका लागि तरकारीहरु आफैंले आफ्नो जमिनमा उत्पादन गर्ने र बाहिर किन्न नपरोस् भन्ने उद्देश्यले लहरे तरकारी बालीको बिउ वितरण गरिएको देवचुली १३ का वडा अध्यक्ष एकदेव पौडेलले बताउनुभयो । वडामा रहेका ९३५ धरधुरी र कुमारवर्ती आधारभूत विद्यालयको शुक्रबारीय कार्यक्रमलाई सहयोग पुग्ने गरि टोल विकास संस्थाका प्रतिनिधि मार्फत बीउ बिजन वितरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार करेला, भिण्डी, लौका, घिरौँला, बोडी, काक्रो लगायतका लहरे तरकारीको बिउ वितरण गरिएको हो ।


देवचुली १३ का अध्यक्ष एकदेव पौडेलको अध्यक्षता भएको बिउ बिजन वितरण कार्यक्रममा वडा सदस्यहरु,वडा सचिव शिवप्रसाद भुसाल, टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

Write your Comment