आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा गैंडाको आक्रमणबाट एक जना घाइते

    प्रकाशित २०८० माघ २३, मंगलबार (५ महिना अघि)


देवचुली। देवचुली १० मा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् । गैंडाको आक्रमणबाट देवचुली १० बस्ने ६० वर्षीय ठगिसरा सुनारी मगर घाइते भएकी हुन् । देवचुली १० पृथ्वीनगर स्थित लोकाहा खोलाको किनारमा बाख्रा चराउने क्रममा सुनारीलाई गैंडाले आक्रमण गरेको प्रहरीले जनाएको छ।

घाईते सुनारीको बाँया गाला, दाँया खुट्टा र दुवै पाखुरामा चोट रहेको साथै देवचुली अस्पताल दलदलेमा उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको देवचुली वडा नम्बर १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले जानकारी दिनुभयो । उक्त क्षेत्रमा पटक पटक गैंडाले आक्रमणबाट स्थानीयहरु जनधनको क्षति हुनुका साथै किसानहरूले लगाएको बालीनालीमा समेत क्षति पुर्‍याएको घर्ती मगरले बताउनुभयो । `पछिल्लो २ महिनामा ४ जना स्थानीय घाईते भएका छन्´ उहाँले भन्नुभयो । आफ्नो क्षेत्रमा गैंडा नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासन, डिभिजन वन कार्यालय नवलपुर, देवचुली नगरपालिकालाई पटक पटक अनुरोध गर्दा समेत कहिँबाट समस्या समाधान नगरिएको भन्दै घर्तीले गुनासो गर्नुभयो ।

Write your Comment