आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा एउटा गोठमा आगलागी हुँदा ८० हजार बराबरको क्षति

    प्रकाशित २०८० माघ २३, मंगलबार (५ महिना अघि)


देवचुली । नवलपुरको एउटा गोठमा आगलागी हुँदा ८० हजार क्षति भएको छ । देवचुली नगरपालिका -८ आँपटारी स्थित शिव कुमारी पाण्डेको घर नजिकैको गोठमा भएको आगलागीमा ८० हजार बराबरको क्षति भएको हो ।हिजो राती ९:३० बजेको समयमा लागेको आगलागीबाट कच्ची गाईको गोठ जलेर नष्ट भएको छ । आगलागिमा कुनै मानविय वा चौपाया क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एवम प्रहरी नायब उपरिक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार खाना बनाउने क्रममा आगलागि भएको अनुमान गरिएको छ । प्रहरी, स्थानीय र दमकलको आधा घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको थियोे ।

Write your Comment