आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

हुप्सेकोटको पाङ्ग्रेमा बालविवाह तथा मानव बेचबिखन सम्बन्धि सचेतना

    प्रकाशित २०८० माघ २३, मंगलबार (५ महिना अघि)


नवलपुर । हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ पाङ्ग्रेमा बालविवाह तथा मानव बेचबिखन सम्बन्धि समुदायस्तरमा सचेतना तालिम सम्पन्न गरिएको छ। असल छिमेकी नेपाल कास्की पोखराको आयोजनामा र हुप्सेकोट गाउँपालिकाको समन्वयमा सोमबार पाङ्ग्रेको लालीगुँरास आमा समुहको सभाहलमा सचेतना कार्यक्रम गरिएको हो ।


बालविवाह न्यूनीकरण ,जर्बजस्ती विवाह र मानव बेचबेखिन सम्बन्धि सचेतना प्रवाह गर्न समुदायस्तरमा तालिम गरिएको असल छिमेकी नेपाल कास्कीका सामाजिक परिचालक दीपा महतोले जानकारी दिनुभयो । हुप्सेकोटमा केही विद्यालय तथा समुदायमा बालविवाह सम्बन्धि सचेतना प्रवाह गरिने उहाँले बताउनुभयो । संस्थाले हुप्सेकोट गाउँपालिकामा संचालन गरेको परियोजनाको जानकारी गराउँदै समुदाय तथा विद्यालयहरुमा सचेतना प्रवाह गरिरहेको उहाँले जानकारी दिनुभयो ।

तालिममा बालविवाह भनेको के हो ?, बालविवाहबाट हुने असरहरु, बालविवाह गर्दा हुने कानुनी कारवाही, बालविवाह अन्त्य गर्नका लागि गर्नुपर्ने कार्यहरु, बालबालिका हिंसाबाट जोगिने उपायहरु, मानव बेचबिखन भनेको के हो ? मानव बेचबिखनबाट जोगिन ख्याल गर्नुपर्ने कुराहरु लगायतका विषयमा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा र देवचुली खबरका प्रबन्ध निर्देशक राजु चापागाईले सहजीकरण गर्नुभएको थियो ।


हुप्सेकोट गाउँपालिकाको पहाडी गाउँहरुमा अझै बालविवाह हुने गरेकोले यस्ता सचेतना तालिम निकै नै प्रभावकारी हुने स्थानीय सहभागीले बताए । सहभागीहरुले बालविवाह अन्त्य गर्नका लागि सामुहिक प्रतिबद्धता व्यक्त गरेका थिए ।

Write your Comment