आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली १० मा अन्तर टोल विकास संस्था हिज्जे प्रतियोगिता सम्पन्न

    प्रकाशित २०८० माघ २१, आईतबार (५ महिना अघि)


देवचुली । देवचुली १० मा अन्तर टोल विकास संस्था हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । वडा बाल संजाल देवचुली १० को आयोजना, देवचुली वडा नम्बर १० को समन्वय , जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानालनको सहयोगमा शनिबार पृथ्वी माध्यमिक विद्यालयमा प्रतियोगिता सम्पन्न गरिएको हो ।

प्रतियोगितामा देवचुली वडा नम्बर १० मा गठन भएका विभिन्न ६ वटा टोल विकास संस्थाबाट सहभागिता रहेको थियो । प्रतियोगितामा पृथ्वी आदर्श टोल विकास संस्था प्रथम , गणेश टोल विकास संस्था द्वितीय र धौलागिरी टोल विकास संस्था तृतीय हुन सफल भएको छ । प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय हुन सफल टोल विकास संस्थालाई पुरस्कृत समेत गरिएको थियो।

वडा बाल संजाल देवचुली १० को अध्यक्ष दिपशिखा भुसालको अध्यक्षतामा भएको प्रतियोगितामा देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा वडा सदस्यहरु, वडामा रहेका २ वटा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, टोल विकास संस्थाका प्रतिनिधिहरु, आमा समुहका प्रतिनिधिहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, वडा बाल सन्जालका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो।

हिज्जे प्रतियोगिताको सहजीकरण पृथ्वी आदर्श टोल विकास संस्थाका सचिव एवं कालिका माविका सहायक प्रधानाध्यापक दिनेश भुसालले गर्नुभएको थियो।

Write your Comment