आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

आइसीसी यू–१९ विश्वकपः नेपालले आज बङ्गलादेशसँग खेल्दै

    प्रकाशित २०८० माघ १७, बुधबार (२ महिना अघि)


काठमाडौं । आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दै छ । दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा हुने नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

आजको खेलमा जित हात पारे पनि नेपालको आगामी यात्रा असम्भव जस्तै छ । कारण, सुपर सिक्समा पुगेको नेपाल अङ्कको हिसाबले पुछारमा रहेको छ । तर, बङ्गलादेशलाई भने सेमिफाइनलको यात्रा तय गर्न आजको खेलमा नेपाललाई फराकिलो अन्तरले हराउनै पर्ने हुन्छ । सुपर सिक्समा पुगेको नेपालले २ खेलमा अङ्कविहीन हुँदा उसको आगामी यात्रा असम्भव बनेको हो। नियम अनुसार आफूले हराएको टोली सुपर सिक्समा पुगेको मात्रै अङ्क जोडिन्छ । तर, नेपालले हराएको अफगानिस्तान सुपर सिक्समा नपुगेको हुँदा पाँचौ स्थानमा छ ।

नेपालसँगै सुपर सिक्समा आयरल्यान्ड, न्यूजिल्यान्ड, भारत, पाकिस्तान र बङ्गलादेश छन् भने अर्को सुपर सिक्समा अस्ट्रेलिया, वेस्टइन्डिज, श्रीलङ्का, दक्षिण अफ्रिका, जिम्बावे र इङ्ग्ल्यान्ड छन् ।

Write your Comment