आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024 Search
FLASH NEWS

ज्ञानोदय माध्यमिक विद्यालयका शिक्षक, अभिभावक र व्यवस्थापन समितिबिच अन्तरक्रिया

    प्रकाशित २०८० माघ १५, सोमबार (३ महिना अघि)


नवलपुर । मध्यबिन्दु नगरपालिका वडा नम्बर १५ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालयका शिक्षक, अभिभावक र व्यवस्थापन समितिबिच अन्तरक्रिया गरिएको छ । आधारभूत तह उर्तीण परीक्षा र एसईईको तयारीका विषयमा अभिभावक, शिक्षक र व्यवस्थापन समितिबीच छ्लफल गरिएको हो ।

ज्ञानोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षता भएको अन्तरक्रिया कार्यक्रममा कक्षा ८ र कक्षा १० का अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुको पठनपाठन सम्बन्धि महत्त्वपूर्ण निर्णय समेत गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष पिताम्बर पाण्डेले स्वागत गरेको कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक धनबहादुर घर्तीले गर्नुभएको थियो ।

Write your Comment