आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024 Search
FLASH NEWS

पानसद्धारा मध्यविन्दुमा नि : शुल्क स्वास्थ्य परीक्षण शिविर

    प्रकाशित २०८० माघ ८, सोमबार (३ महिना अघि)


दयाराम आचार्य, नवलपुर । पाल्पा नवलपुर सम्पर्क समाज (पानस) नवलपुरले नि : शुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ । महिलाहरूको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी परीक्षण शिविर मध्यविन्दु नगरपालिका –१५, माथिल्लो भिउरानमा सम्पन्न गरिएको हो ।शिविरमा महिलाहरूको पाठेघरको मुख सम्बन्धी क्यान्सर परीक्षण सहित हाडजोर्नी तथा जनरल स्वास्थ्य परीक्षण समेत गरिएको थियो । शिविरमा करिब २ सय ५५ जनाले सेवा लिएको शिविर संयोजक विक्रम पाण्डेले बताउनुभयो । जस मध्ये एक ३१ जनाले क्यान्सर सम्बन्धी परीक्षण सेवा लिएको उहाँले बताउनुभयो ।

स्वास्थ्य परीक्षण शिविरको उद्घाटन कार्यक्रम पानस अध्यक्ष सिता पंगेनीको अध्यक्षता ,मध्यविन्दु नगरपालिका नगर प्रमुख भिमलाल अधिकारीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा मध्यविन्दु नगर उप प्रमुख पूर्णकला चौधरी, वडा नम्बर १५ का वडा अध्यक्ष यम बहादुर केसी लगायतको उपस्थिती रहेको थियो ।
शिविरमा प्राविधिक सहयोग विपि मेमोरियल क्यान्सर अस्पताल चितवन, कालीगण्डकी नारायणी सामुदायिक अस्पताल कावासोती, प्रसौनी स्वास्थ्य चौकीको रहेको थियो ।

कार्यक्रमको सञ्चालन पानस नवलपुरका महासचिव राजेन्द्र पाण्डेले गर्नुभएको थियो भने स्वागत मनतव्य पानसका सल्लाहकार कर्णेल धनबहादुर मास्के रानाले राख्नुभएको थियो ।

पानसको आयोजनामा भएको शिविरमा सह आयोजकको रुपमा मध्यविन्दु नगरपालिका, लायन्स क्लब अफ चितवन वाङ्गमय रहेका थिए ।व्यवस्थापन सहयोगीमा ज्ञानोदय माध्यमिक विद्यालय, हरिहर मन्दिर आधारभुत विद्यालय, प्रगति महिला बहुउद्देश्य सहकारी संस्था, नव सूर्य किरण कृषि सहकारी संस्था, कालिकोटे सामुदायिक वन र नेपाल रेडक्रस सोसाइटी रहेका थिए ।

Write your Comment