आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024 Search
FLASH NEWS

एसईई परीक्षा चैत १५ गतेदेखि शुरु हुने

    प्रकाशित २०८० माघ ८, सोमबार (३ महिना अघि)


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ गते शुरु हुने भएको छ । एसईई चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेको हो । आइतवार बसेको परीक्षा बोर्डको बैठकले एसईई सो मितिमा गर्ने निर्णय गरेको हो ।

बोर्ड अध्यक्ष डा महाश्रम शर्माका अनुसार परीक्षाका बीचमा होलीरफागु पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको छ । यस वर्ष चैत ११ र १२ गते होली/फागु परेको छ । बोर्डको वार्षिक कार्यतालिकाअनुसार चैत पहिलो साता परीक्षा शुरु गर्नुपर्ने थियो ।

यो वर्षको एसईई परीक्षा दिन ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार ४ जना छात्र र २ लाख ४३ हजार ४४० जना छात्रा रहेका छन् ।

Write your Comment