आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकाका सम्पुर्ण शैक्षिक संस्थाहरूमा ३ दिन जाडो बिदा

    प्रकाशित २०८० माघ ७, आईतबार (३ महिना अघि)


देवचुली। देवचुली नगरपालिकाका सम्पुर्ण शैक्षिक संस्थाहरूमा ३ दिन जाडो बिदा दिइएको छ। सामुदायिक विद्यालयहरुमा पुस २७ देखि माघ ७ गतेसम्म बिदा दिइएकोमा थप ३ दिन बिदा दिइएको साथै हाल कक्षा संचालनमा रहेका संस्थागत विद्यालयहरुमा ३ दिन जाडो बिदा दिइएको हो।

नगर उप प्रमुख पार्वता तिवारीद्वारा जारी सूचनामा अत्याधिक जाडो बढ्दै गएको हुनाले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै माघ ८ गतेदेखि माघ १० गतेसम्म नगरपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा जाडो बिदा दिइएको जनाइएको छ।

Write your Comment