आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

देश दोबाटोमा उभिएको छ : एमाले सचिव गोकर्ण बिष्ट

    प्रकाशित २०८० माघ ६, शनिबार (३ महिना अघि)


कावासोती । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले देश दोबाटोमा उभिएको बताउनुभएको छ । नेकपा (एमाले ) नवलपुरको शुक्रबार भएको नवौं जिल्ला बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । समाजवादको आधार तय गरेर देशलाई अगाडि बढाउनुपर्नेमा बर्तमान गठबन्धन सरकार अलमलमा पर्दा देश दोबाटोमा उभिएको उहाँले आरोप लगाउनुभयो ।

सरकारले प्राकृतिक स्रोत साधन माथिको राष्ट्रिय पुहुँच गुमाउँदै गएको छ । २० करोड भारतीय योजनालाई सोझै कार्यान्वयनमा लैजाने र भारतमा बिक्री गर्ने भनिएको बिद्युत सम्झौताका केही प्राबधानले प्राकृतिक श्रोत साधन माथि देशले पुहँच गुमाउने खतरा बढेको छ उहाँले भन्नुभयो-‘नेपालले आफ्नो हित हुने गरी पञ्चशीलका आधारमा वैदेशिक सम्बन्धहरु अगाडि बढाउन पर्छ’ ।
हाम्रो निर्वाचन प्रणालीले एकल बहुमतको सरकार बनाउन कठिन छ । एमाले श्रमजीवीको पक्षमा आवाज उठाउने पार्टी हो यहाँ पुँजीवादी पार्टी पनि छन् । त्यसमा कहिले को संग त कहिले को संग सरकार बनाउनुपर्ने अबस्था छ । यस्तो अबस्थामा सरकार आउँछ जनवादी सत्ता आउदैन त्यसैले समाजवादको आधार तयार गर्न एमालेलाई एकल बहुमतको पार्टी बनाउनुपर्छ सचिव बिष्टले भन्नुभयो -‘ सामाजिक सुरक्षा, समाजिक न्याय सहितको आधारमा समाजवादमा पुग्ने लक्ष्य एमालेको हो ।’

अनेक बाहनाले वर्गीय द्धन्द्धलाई मेटाउन पुँजीवाद लागेको छ । पुँजीवादको शोषण हिजो भन्दा फरक छ । गरिब मुलुकलाई पुँजीवादले शोषणा गरिरहेको छ हामी त्यसबाट बच्नुपर्छ । आज ज्ञान र सूचनाको आधारमा बर्गको उत्पत्ति फरक बनेको छ । हिजोको ब्याख्याले बर्ग समाज अधुरो हुन्छ , गल्तीलाई सच्चाएर पार्टी अगडि बढ्छ बिष्टले थप्नुभयो-‘ छिमेकी देशहरुको आर्थिक बृद्धिदरलाई हेरेर हामी अगाडि बढ्नु पर्छ ।’

अनुभव र आकर्षण दुवैलाई व्यवस्थापन गर्ने गरी नयाँ प्रकारको संरचनामा पार्टी जानुपर्ने आबश्यकता रहेको उहाँले औल्याउनुभयो । संगठनात्मक अराजकतालाई परास्त गर्न योग्यताको आधारमा जिम्मेवारी र जिम्मेवारीको आधारमा मुल्यांकन गरिनुपर्नेमा बिष्टको जोड रहेको छ । बैठकमा एमाले पोलिटब्युरो सदस्य मनकुमारी जिसी केसीले पार्टीको कार्यक्रम र बिचार जनताको बिचमा स्थापित गर्न कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा( एमाले) गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले प्रदेशले गरेका निणर्यहरु कार्यान्वयनमा जोड दिदै बैठकले गरेका निणर्यहरु कार्यन्वयन हुँदा पार्टी चलायनमान हुने धारणा राख्नुभयो । बैठकले चैतको २ र ३ गते जिल्ला अधिवेशन गर्ने निणर्य गरेको जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले जानकारी दिनुभयो ।

Write your Comment