आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

अनेमसंघ नवलपुरद्धारा जिल्लास्तरीय प्रशिक्षण

    प्रकाशित २०८० माघ ५, शुक्रबार (३ महिना अघि)


देवचुली। अखिल नेपाल महिला संघ ( अनेमसंघ) अनेमसंघले जिल्ला तथा पालिकामा नेतृत्व गर्ने महिलाहरुलाई प्रशिक्षण दिएको छ । बुधबार र बिहीबार देवचुली नगरपालिकाको पिप्रहर सामुदायिक होमस्टे ग्राममा दुई दिनको जिल्लास्तरीय प्रशिक्षण गरिएको हो ।

प्रशिक्षण पश्चात अनेमसंघद्वारा जिल्ला, नगरपालिका र वडामा प्रशिक्षण कार्यक्रम गर्नका लागि नेतृत्वमा रहेका पालिकाका प्रतिनिधिसहित जिल्ला कमिटीका सबैजनालाई प्रशिक्षण गरिएको अनेमसंघ नवलपुरका अध्यक्ष कोपिला पौडेल जानकारी दिइन् । सांगठनिक पद्दती, संगठन विस्तार, पार्टीको नीति तथा कार्यक्रम, आर्थिक सशक्तीकरण र उत्पादनमा महिला बारेमा सहभागीहरुलाई प्रशिक्षित गरिएको उनले बताइन् ।


प्रशिक्षण कार्यक्रममा महिला नेतृत्व र विकास,अनेमसंघको ईतिहास, आन्दोलन र उपलब्धि, अनेमसंघको नीति थथा कार्यक्रम, पार्टीको दशौं महाधिवेशन र कार्यदिशा, आर्थिक सशक्तीकरण र उत्पादनमा महिला, बैठक संचालन र माइन्युट लेखन, अनेमसंघ संगठन निर्माण र परिचालन लगायतका विषयवस्तुमा प्रशिक्षण गरिएको हो ।अनेमसंघ केन्द्रिय कमिटी अध्यक्ष टुका भद्रा हमाल,उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य विमला राई पौडेल, नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य मनाकुमारी केसी र तिलक महत ,अनेमसंघ केन्द्रिय सदस्य तथा नवलपुर इन्चार्ज सीता पंगेनी,अनेमसंघ गण्डकी प्रदेश कमिटी अध्यक्ष हिरा गिरी लगायतले प्रशिक्षण दिएका थिए ।

अनेमसंघ नवलपुरका अध्यक्ष कोपिला पौडेलको अध्यक्षता भएको प्रशिक्षण कार्यक्रममा अनेमसंघका केन्द्रिय अध्यक्ष टुका भद्रा हमालको प्रमुख आतिथ्य रहेको थियो । प्रशिक्षणमा नेकपा एमालेका केन्द्रिय सदस्यहरु मनाकुमारी केसी, तिलक महत, कृष्ण पौडेल, एमाले नवलपुर अध्यक्ष मुक्तिराम पाण्डे, अनेमसंघ केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य विमला राई पौडेल लगायत अनेमसंघको केन्द्रिय, प्रदेश, जिल्ला र पालिकाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Write your Comment