आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

बालबालिकाको पोषणमा लगानी गर्न सरोकारवाला सकारात्मक

    प्रकाशित २०८० पौष २८, शनिबार (३ महिना अघि)


पर्वत। विहादी गाउँपालिका पर्वतका, जनप्रतिनिधिहरू, शिक्षक, शिक्षिका, कर्मचारी, सामाजिक संघसंस्था लगायतका सरोकारवालाले बालबालिकाको पोषणमा लगानी गर्न सकारात्मक रहेकाे जनाएका छन् ।सरोकारवालाले पोषणमैत्री स्थानीय तह बनाउन र बाल अधिकार र बाल पोषण तथा आवधिक योजना निर्माण र कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयमा भएको छलफल कार्यक्रमका बालबालिका राष्ट्रिय गौरव भएकाे बताएका हुन् ।


उनीहरूलाई लगानी गर्न पोषणमैत्री तथा बालमैत्री, बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् जस्ता अभियानहरू अघि बढाउनु पर्ने लगायतका विषयमा सहभागीहरूले विचार व्यक्त गर्नुभएको थियो । विहादी गाउँपालिकाका उपाध्यक्ष मिना शमा तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानालानले विहादी गाउँपालिकासँगको सहकार्यमा विगत ३ वर्षदेखि सञ्चालित बालपोषण प्रवद्र्धन कार्यक्रम अन्तर्गत प्रशिक्षक प्रशिक्षणका सहभागी, जनप्रतिनिधिहरू, पालिकाका शाखा प्रमुखहरू सहितको सहभागिता रहेको छलफलमा निर्वतमान पालिका अध्यक्ष कमल भुषाल, शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीका महानिर्देशक चन्द्रकान्त भुषालले शिक्षा, पोषण र बाल अधिकारका विषयसँग शिक्षाको अन्तरसम्बन्ध, बालबालिकालाई विद्यालयमा भर्ना गर्ने, निरन्तरता दिने तथा अध्ययन पूरा गरेपछि रोजगारीको सुनिश्चितता लगायत बाल अधिकारका विषयमा भएको संवैधानिक व्यवस्थाको बारेमा चर्चा गर्नुभएको थियो ।

विज्ञ नुरजङ्ग शाह, अधिकारकर्मी डा.देवकी आचार्य, जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष, तिलोत्तम पौडेलले सहजीकरण गर्नुभएको छलफलको क्रममा पोषण बगैंचा निर्माण भएको, जङ्कफूड न्यूनीकरण हुँदै गएको, दिवा खाजा कार्यक्रम तथा पोषणसम्बन्धी छलफल अभिमुखीकरणले क्रमिक रूपमा सुधार हुँदै गएको वडा अध्यक्ष गणेश शर्मा पौडेलले बताउनु भएको थियो ।

आम्बारी मा.वि.का प्र.अ. कमला पौडेल, शालिग्राम शिक्षक पशुपति न्यौपानेले बालक्लबहरू सक्रिय हुँदै गएको तथा करेसाबारीलाई प्रवद्र्धन गरिएका र उक्त कार्यले बालबालिकाको पोषणयुक्त खाना खुवाउन सहयोग पुगेको कुरा बताउनु भएको थियो । विहादी गाउँपालिकाको सबै वडामा पोषण तथा खाद्य सुरक्षा समिति गठन भई सक्रिय रहेको, सरसफाइको बारेमा सचेतना अभिवृद्धि हुँदै गईरहेको,पोषणयुक्त खाना स्याहारको अभाव भएका बालबालिकाको पोषण सुधारमा भईरहेको, स्थानीय तहले यस आर्थिक वर्षका लागि विद्यालय खाजाका लागि ५ लाख बजेट विनियोजन गरेको र बालमैत्री तथा पोषणमैत्री अभियान अघि बढाउनको निम्ति पालिका प्रतिबद्ध रहेको बताउदैँ उपाध्यक्ष मिना शर्मा तिवारीले नेपाल सरकारका विभिन्न निकाय, साझेदार संस्था र सरोकारवालाको साथ सहयोग निरन्तर रहनुपर्ने बताउनु भएको थियो ।

स्वास्थ्य शाखा प्रमुख हरी भुषालको सञ्चालन र रिता थापाले स्वागत गर्नुभएको कार्यक्रममा ८० जनाभन्दा बढीको सहभागिता रहेको थियो । स्मरणीय के छ भने विगत २ वर्षदेखि जागृति बाल तथा युवा सरोकार नेपालले गाउँपालिका भित्रका ३० विद्यालयमा बालबालिकालाई सरकारले दिएको खाजा रकममा प्रतिव्यक्ति प्रतिदिन खाजाको रु. ५।– थप गर्नुका साथै ६, ७ र ८ कक्षाका विद्यार्थीहरूका लागि रु.१५।– रुपैया प्रदान गरिरहेको तथा सरोकारवालाको क्षमता अभिवृद्धि पोषण र बालअधिकारको विषयमा पैरवी, वडा, टोलस्तरका भेला, बालक्लब सञ्चालनमा सहजीकरण, प्रदेश र संघमा बाल अधिकार र बालपोषणको नीतिगत व्यवस्था र लगानी बढाउनको निम्ति सहयोग र सहजीकरण गर्दै आइरहेको छ । कार्यक्रमका सहभागीहरूले विहादी गाउँपालिकालाई पोषणको दृष्टिकोणले नमुना बनाउन प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

Write your Comment