आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024 Search
FLASH NEWS

देवचुलीमा सुनौला हजार दिनका आमाहरुलाई पौष्टिक आहार वितरण

    प्रकाशित २०८० पौष २६, बिहिबार (३ महिना अघि)


देवचुली । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ११ मा सुनौला हजार दिनका आमाहरुलाई पौष्टिक आहार वितरण कार्यक्रम सम्पन्न गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर ११ बाट विनियोजित बजेटबाट सुनौला हजार दिनका आमाहरुलाई प्रति व्यक्ति  १.५ के. जी. चना,१ क्रेट अण्डा वितरण गरिएको हो ।

बच्चाहरुको शारीरिक,मानसिक तथा बौद्धिक विकासका लागि पोषणको आवश्यकता हुने भएकाले सो कुराको सचेत बनाउनका लागि आमाहरुलाई पौष्टिक वितरण कार्यक्रम निरन्तर रुपमा गर्दै आईरहेको देवचुली वडा नम्बर ११ का अध्यक्ष तिलप्रसाद काफ्लेले बताउनुभयो । वडामा रहेका २ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई केही दिन अघिबाट नै वडामा रहेका सुनौला हजार दिनका आमाहरुलाई जानकारीका लागि अनुरोध गरिएको र बिहीबार १४२ जना सुनौला हजार दिनका आमाहरुलाई पौष्टिक आहार वितरण गरिएको साथै कोही छुटेको भए वडाले सबैलाई समानरुपले पौष्टिक आहार वितरण गर्ने काफ्लेले बताउनुभयो ।


देवचुली वडा नम्बर ११ का वडा अध्यक्ष तिलप्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रम देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा बोल्दै उप प्रमुख तिवारीले महिलाहरूलाई पौष्टिक आहारका बारेमा सचेतना प्रवाह गर्न र बालबालिकाको शारीरिक तथा मानसिक वृद्धिका लागि कस्ता आहार ठिक हुन्छ भन्ने जानकारी गराउन कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो।

कार्यक्रममा प्रगतिनगर स्वास्थ्य चौकीका प्रतिनिधि,देवचुली नगरपालिका पोषण स्वयंसेवक विद्या पौडेल,वडा सदस्यहरु, आमा समुहको प्रतिनिधि लगायत सुनौला हजार दिनका आमाहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सहजीकरण देवचुली ११ का वडा सदस्य डम्बर सिंजालीले गर्नुभएको थियो ।कार्यक्रममा सुनौला हजार दिनका आमाहरुले यस समयमा खान मिल्ने पौष्टिक आहारको बारेमा पोषण स्वयंसेवक विद्या पौडेलले सहजीकरण गर्नुभएको थियो।

Write your Comment