आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकालाई अनेरास्ववियु देवचुलीको ध्यानाकर्षण पत्र

    प्रकाशित २०८० पौष १८, बुधबार (३ महिना अघि)


देवचुली । देवचुली नगरपालिकालाई दस बुँदे मागसहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) देवचुली नगर कमिटीले ध्यानाकर्षण पत्र बुझाएको छ ।अनेरास्ववियु देवचुलीका अध्यक्ष सुजन भुसालको नेतृत्वमा मंगलबार विद्यार्थीहरूले नगर शिक्षा शाखा प्रमुख रामप्रसाद शर्मालाई ध्यानाकर्षण गराएका हुन् ।

अनेरास्ववियुको दस बुँदे मागमा नगरमा संचालित सवारी साधनमा विद्यार्थीहरुलाई ४५ प्रतिशत छुटको व्यवस्थालाई कडाइ साथ कार्यान्वयन गर्नुपर्ने,निजी शैक्षिक संस्था सञ्चालन ऐन अनुसार जम्मा विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति प्रदान नगरबाटै व्यवस्था हुनुपर्ने,गतवर्ष नगरबाट प्रदान गरिएको छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको नाम सार्वजनिक गर्नुपर्ने,कक्षा ५ सम्मका विद्यार्थीहरुलाई अनावश्यक अतिरिक्त कक्षा संचालनमा रोक लगाउनुपर्ने, विद्यालयमा महिनाको एक दिन सांस्कृतिक पोशाक लगाई लोप हुन लागेको संस्कृति संरक्षणका कार्यक्रमको व्यवस्था गर्नुपर्ने,आधारभूत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क साथै माध्यमिक तहको शिक्षा नि:शुल्क व्यवहारिक रुपमा लागु गर्नुपर्ने लगायतका रहेका छन् ।

अनेरास्ववियु देवचुलीद्वारा राखिएका मागहरु कार्यान्वयन गर्नका लागि देवचुली नगरपालिकालाई स्वयंसेवक आवश्यक परेमा अनेरास्ववियु नगर कमिटी स्वयंसेवकको भूमिका निर्वाह गर्न तयार रहेको अध्यक्ष सुजन भुसालले ध्यानाकर्षण पत्र मार्फत जानकारी दिए।

Write your Comment