आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

देवचुली ११ मा भएको वक्तृत्वकला प्रतियोगितामा सकलादेवी माविकी स्वर्णिमा रेग्मी प्रथम

    प्रकाशित २०८० पौष १५, आईतबार (४ महिना अघि)


देवचुली। देवचुली ११ मा रहेको महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा संचालन भएको वक्तृत्वकला प्रतियोगितामा सकलादेवी माविकी स्वर्णिमा रेग्मी प्रथम भएकी छन् । संस्थाको रजत जयन्तीको अवसर पारी देवचुली नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीबिच सहकारी शिक्षा आजको आजको आवश्यकता भन्ने विषयमा आइतबार वक्तृत्वकला भएको हो ।

देवचुली नगरपालिकाभित्रका ५ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा नेपाल माध्यमिक विद्यालयका सुवासना ढकाल द्वितीय ,दिव्य ज्योति आधारभूत विद्यालयका रेसिका भुर्तेल तृतीय तथा भीमसेन आदर्श माध्यमिक विद्यालयका स्पर्श दिसुवा र पशुपति साङ्गवेद आवासीय संस्कृत माध्यमिक विद्यालयका शंकरमणी पोख्रेलले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रत्नमाया विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि जिल्ला बचत तथा ऋण सहकारी संघ नवलपुरका अध्यक्ष होमनाथ जैसी,देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता नारायण पौडेल,प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव इन्द्रमणी भुसाल,संस्थाका सल्लाहकारहरु लगायतको उपस्थिति कार्यक्रम भएको थियो।

महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाले विद्यार्थीहरुलाई प्राथमिकता राख्दै कार्यक्रम गरेको र आगामी दिनमा समेत नवीनतम कार्य गर्नका लागि शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माले शुभकामना व्यक्त गर्नुभएको थियो। सहकारी शिक्षा सबै विद्यालयमा पुर्‍याउनका लागि नगरपालिका गर्न तयार रहेको बताउँदै सहकारीहरु आय आर्जनका लागि मात्र नभई सामाजिक उतरदायित्वप्रति सचेत रहनुपर्ने उहाँले बताउनुभयो ।

प्रतियोगिताका लागि नगरका १३ वटा विद्यालयमा पत्राचार गरिएको भएतापनि सोमबार देखि सुरु हुने परीक्षाका कारण ५ वटा विद्यालयको मात्रा सहभागिता रहेको संस्थाको अध्यक्ष रत्नमाया विश्वकर्माले बताउनुभयो । सहभागीहरुको संख्या थोरै भएता पनि सहकारी शिक्षाका विषयमा महत्वपूर्ण बुझाई रहेको आफुले पाएको उहाँले बताउनुभयो ।वक्तृत्वकला प्रतियोगितामा होमनाथ जैसीको संयोजकत्वमा नारायण पौडेल र इन्द्रमणी भुसाल निर्णायक मण्डल रहेका थिए। कार्यक्रममा संस्थाका सल्लाहकार विमला अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो। सो कार्यक्रमको सहजीकरण संस्थाका सचिव फूलमाया विश्वकर्माले गर्नुभएको थियो।

Write your Comment