आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

राष्ट्रिय स्वतन्त्र पार्टी देवचुली १४ को वडा सभापतिमा राजेन्द्र श्रेष्ठ चयन

    प्रकाशित २०८० पौष १५, आईतबार (४ महिना अघि)


देवचुली। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देवचुली नगरपालिका वडा नम्बर १४ को वडा सभापतिमा राजेन्द्र श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । रास्वपा देवचुली १४ को शनिबार भएको प्रथम वडा अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा सर्वसम्मत वडा समिति गठन गरिएको हो।

वडा समितिको सचिवमा सितादेवी तामाङ,सदस्यहरुमा सुमित्रा खडका,फुन नारायण काफ्ले,सनिसरा नेपाली,कल्पना कंडेल कोइराला,पिताम्बर बसेल,मनहरी कंडेल,नरबहादुर कामी र राजेन्द्र बहादुर बुढाथोकी सर्वसम्मत चयन भएका रास्वपा नवलपुरका निर्वाचन समिति सदस्य रामप्रसाद भुर्तेलले जानकारी दिए। वडा कमिटीले उप सभापति भने पछि मनोनयन गर्ने उनले बताए ।

Write your Comment