आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

मध्यविन्दुको ज्ञानोदय माविका अभिभावकसँग शैक्षिक अन्तरक्रिया सम्पन्न

    प्रकाशित २०८० पौष १४, शनिबार (४ महिना अघि)


देवचुली। मध्यबिन्दु नगरपालिका वडा नम्बर १५ मा रहेको ज्ञानोदय माविका अभिभावक तथा टोल संस्थाका पदाधिकारीहरुसँग शैक्षिक अन्तरक्रिया सम्पन्न गरिएको छ। विद्यालयमा शुक्रबार कक्षा ८,१० र १२ मा अध्ययनरत विद्यार्थीका अभिभावक र टोल विकास संस्थाका प्रतिनिधिसँग अन्तरक्रिया गरिएको हो।

विद्यालयको शैक्षिक सुधारका लागि अभिभावकको भुमिका महत्त्वपूर्ण हुने भएकाले कार्यक्रम आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिनुभयो ।कार्यक्रमले अभिभावकहरुलाई शैक्षिक जागरण ल्याउन र बालबालिकाको शिक्षा विकासमा अभिभावकहरुको भुमिकाका विषयमा जानकारी गराउन सजिलो हुने उहाँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षता भएको कार्यक्रममा मध्यबिन्दु १५ का वडा अध्यक्ष यमबहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले विद्यार्थीहरुलाई अभिभावकले राम्रोसँग ध्यान नदिए गलत बाटोमा हिड्न सक्ने बताउँदै असल संस्कार सिकाउन र उनीहरुको पढाईमा चासो दिनका लागि अभिभावकहरुलाई आग्रह गर्नुभएको थियो। `विद्यार्थीहरु सही बाटोमा हिडाउनका लागि विद्यालय,अभिभावक तथा समुदायको उत्तिकै भुमिका रहन्छ,सबैले सहकार्य गरि शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्छ´ उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रशिक्षण दिपेन्द्र ढकालले बालबालिकाको शिक्षामा अभिभावकको भुमिकाको विषयमा सहजीकरण गर्नुभएको थियो। बालबालिकालाई कुन कुन विषयमा कसरी ध्यान पुर्‍याउने,असल अभिभावक कसरी बन्ने लगायतका विषयमा उहाँले जानकारी गराउनुभएको थियो।

१०० भन्दा बढी अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक टोकबहादुर सुनारीले गर्नुभएको थियो।

Write your Comment