आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

अनेरास्ववियु देवचुलीद्वारा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

    प्रकाशित २०८० पौष १४, शनिबार (४ महिना अघि)


देवचुली। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) देवचुलीद्वारा २५ जना विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । अनेरास्ववियुले शुक्रबार देवचुली ११ मा रहेको सुर्य किरण आधारभूत विद्यालयमा देवचुली नगरपालिकाका ५ विद्यालयका २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो।


गत तिहारमा देउसी भैलो खेलेर जम्मा गरिएको रकमबाट शैक्षिक सामग्री वितरण गरिएको अनेरास्ववियु देवचुली नगर कमिटीका अध्यक्ष सुजन भुसालले जानकारी दिनुभयो ।भुसालका अनुसार सूर्यकिरण आधारभूत विद्यालय , देवचुली मावि रजहर ( आधारभूत तहका विद्यार्थी ) , मिलिजुली आधारभूत विद्यालय , दिव्यज्योति आधारभूत विद्यालय र शान्ति सृजना आधारभूत विद्यालयका विद्यार्थीहरूलाई कपी , कलम , सार्पनर र इरेजरलगायतका सामग्री वितरण वितरण गरिएको हो ।

अनेरास्ववियु देवचुली नगर कमिटीका अध्यक्ष सुजन भुसालको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय कमिटीका उपाध्यक्ष धर्म गिरीको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारी,बालमैत्री परामर्शदाता खिमानन्द भुसाल,नेकपा एमाले,अनेरास्ववियु जिल्ला/ नगर कमिटीका नेताहरुको उपस्थिति रहेको थियो।


कार्यक्रममा बोल्ने वक्ताहरुले अनेरास्ववियु देवचुलीले देउसी भैलोमा संकलन भएको रकमबाट सही सदुपयोग गरेको बताउँदै अझै रचनात्मक काम गर्नका लागि शुभकामना दिएका थिए ।

Write your Comment