आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024 Search
FLASH NEWS

देवचुलीको मध्य नेपाल सहकारी गण्डकी प्रदेशकै उत्कृष्ट सहकारी

    प्रकाशित २०८० पौष ७, शनिबार (४ महिना अघि)


देवचुली। देवचुलीको मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था यस वर्ष गण्डकी प्रदेशकै उत्कृष्ट हुँदै पुरस्कृत भएको छ। देवचुली वडा नम्बर १३ मा प्रधान कार्यालय रहेको उक्त सहकारी संस्थालाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) ले उत्कृष्ट घोषणा गरेको हो।

नेफ्स्कूनले हरेक वर्ष विभिन्न विधामा उत्कृष्ट हुने सहकारीलाई पुरस्कृत गर्दै आएको छ। आफ्नो ३२ औंँ वार्षिक साधारण सभाका अवसरमा यस पटक सो संस्थालाई उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरिएको हो। वि.सं. २०५४ मा स्थापना भएको संस्थाका २३ हजारभन्दा बढी सदस्य तथा कूल पूँजी १ अरब ३७ करोड ८० लाख ७३ हजार रुपैयाँ रहेको छ। नवलपुर कार्यक्षेत्र रहेको मध्य नेपाल सहकारीले देवचुली नगरपालिका,गैंडाकोट नगरपालिका र कावासोती नगरपालिकाका १२ शाखाबाट वित्तीय सेवा प्रवाह गरिरहेको छ।

सहकारी संस्थाको समग्र वृत्ति–विकास र सदस्य केन्द्रित सेवाले नै उत्कृष्ट भएको मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलमणी पौडेलले बताए। उनका अनुसार संस्थाले वित्तीय सेवाका अतिरिक्त एसएमएस, मोबाइल बैंकिङ र रेमिट्यान्स सेवासमेत उपलब्ध गराउँदै आएको छ।

Write your Comment