आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

देवचुलीको भीमसेन मावि डिजिटल शिक्षा आईसीटी अवार्डतर्फ नेपालमै दोस्रो

    प्रकाशित २०८० पौष ६, शुक्रबार (४ महिना अघि)


देवचुली। देवचुलीको भीमसेन आदर्श मावि डिजिटल शिक्षा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) अवार्ड सामुदायिक विद्यालयतर्फ नेपालमै दोस्रो भएको छ। अवार्डका लागि देशभरबाट फाईनलमा छनोट भएका ३ वटा सामुदायिक विद्यालयमध्ये देवचुलीको भीमसेन आदर्श मा वि ले दोस्रो स्थान हासिल गर्न सफल भएको हो। भीमसेन आदर्श माविसँगै देशभरबाट सत्यवती मावि र सुकना मावि छनोट भएका थिए । काठमाडौं आज भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुमिलाल लामिछाने र प्रधानाध्यापक अग्निधर भुसालले दोस्रो पुरस्कार ग्रहण गर्नुभएको थियो।

आईसीटी अवार्ड नेपालको एक प्रतिष्ठित पुरस्कार हो, जुन सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को क्षेत्रमा उत्कृष्ट उपलब्धि र उत्कृष्टताका लागि व्यक्ति, नवप्रवर्तन र संस्थाहरूलाई प्रदान गरिन्छ।यस वर्ष सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रतिष्ठित अवार्डको रुपमा चिनिने आईसीटी अवार्डको आठौं संस्करण हो। लिभिङ विथ आईसीटीको मुख्य आयोजनाको रुपमा रहेको ‘आईसीटी अवार्ड’मा यो वर्ष १३ विधामा सातवटै प्रदेशका स्टार्टअपलाई सम्मान गरिएको छ। डिजिटल रूपान्तरण अभ्यास गर्ने संस्थाहरूलाई दिइने अवार्डका विधाहरूमा डिजिटल शिक्षा सार्वजनिक तर्फ भीमसेन आदर्श मा वि दोस्रो भएको हो।

Write your Comment