आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

भीमसेनमा लैंगिक हिंसा रोकथाममा विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    प्रकाशित २०८० मंसिर २४, आईतबार (५ महिना अघि)


देवचुली।देवचुली ७ मा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयमा लैंगिक हिंसा रोकथाममा विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत इन्सेकद्वारा विद्यालयमा गठन गरिएको बाल अधिकार समुहको आयोजनामा शुक्रबार आधारभूत तह स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको हो।


बाल अधिकार समुहका अध्यक्ष निशा सारुको अध्यक्षतामा भएको वक्तृत्वकला प्रतियोगितामा विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि फोकल शिक्षक डिल्लीराम उपाध्याय,शिक्षकहरु,बाल अधिकार समुहका पदाधिकारी लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

१९ जना सहभागी भएको प्रतियोगितामा कक्षा ६ की अनुजा थापा प्रथम, कक्षा ८ की अनुपमा भट्टराई र कक्षा ७ का समृद्ध भुसाल तृतीय भएका थिए। प्रतियोगिताका प्रथम,द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको फोकल शिक्षक डिल्लीराम उपाध्यायले जानकारी दिनुभयो ।

 

Write your Comment