आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024 Search
FLASH NEWS

ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा तुलबहादुर ठकुरी चयन

    प्रकाशित २०८० मंसिर २३, शनिबार (५ महिना अघि)


नवलपुर । ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । पोखरामा आज भएको प्रथम अधिवेशनले तुल बहादुर ठकुरी (कास्की) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा प्रविण सापकोटा (नवलपुर), उपाध्यक्षमा नवराज तिवारी (तनहुँ) सचिवमा रामचन्द्र पौडेल (कास्की), सह सचिवमा विष्णु पन्त (बाग्लुङ ) कोषाध्यक्ष मा भिमलाल खनाल (स्याङ्जा) चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरूमा नवराज दवाडी (कास्की) गोपाल अधिकारी (स्याङ्जा), हेमराज महतो (नवलपुर), मेघनाथ देवकोटा (कास्की), मनध्वज राना (तनहुँ) ,कमलादेवि गुरुङ्ग (कास्की), सुस्मिता थापा (नवलपुर) र गंगाराम शर्मा (कास्की) चयन हुनुभएको छ ।

प्रथम अधिवेशनले निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको संघका बरिष्ठ उपाध्यक्ष प्रविण सापकोटाले बताउनुभयो ।
ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्र बसन्त भट्टचनको अध्यक्षतामा भएको थियो । कार्यक्रममा ड्राइभिङ स्कुल संघ नेपालका संस्थापक अध्यक्ष पुरुषोत्तम रेग्मी, संघका निवर्तमान अध्यक्ष मोहन बहादुर गुरुङ, महासचिव उमेश सिके, केन्द्रिय सदस्य विश्व कुमार माकाजु लगायतको उपस्थिति रहेको थियो ।

Write your Comment