आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

पानी भित्र जीवन छ (कविता)

    प्रकाशित २०८० मंसिर २३, शनिबार (४ महिना अघि)


पानी भित्र जीवन छ, जलमा छ आस्था
आँखामा छ हेराई त नयनमा छ भावना

मायामा साथ छ त प्रेममा कहिले धाेका पनि
धर्ममा पनि छ आडम्बर,आस्थामा छ विश्वास

दाउरामा ईन्धन छ त समीधामा छ संस्कार
झुपडीमा बास छ त महलमा देखिन्छ घमण्ड

सूर्यसंग पनि त ग्रहण छ, तापमा छ शक्ति
पाेषाक भित्र विभेद छ त लुगा भित्र भक्ति

हावा भित्र सजिव छ त हुरीमा छ विनाश
नीति भित्र आदर्श त नेतृत्व प्रति छ वितृष्णा

खहरे छ अशिष्ट अधैर्य, नदिमा छ निरन्तरता
शिक्षामा पनि छ विभेद, सीपमा छ सरलता

खिमानन्द भुसाल
देवचुली न पा, नवलपुर

Write your Comment