आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा लैङ्गिक हिंसा सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    प्रकाशित २०८० मंसिर २१, बिहिबार (७ महिना अघि)


देवचुली। देवचुली नगरपालिकामा लैङ्गिक हिंसासचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता,महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान पारेर बिहिबार देवचुली ७ मा लैङ्गिक हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो ।देवचुली नगरपालिका वडा नम्बर ६,७,८,९,११ र १२ लाई केन्द्रित गरि देवचुली ७ मा रहेको भवनमा कार्यक्रम गरिएको हो।

देवचुली नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा देवचुली ७ का वडा अध्यक्ष भुमीसरा थापाको अध्यक्षता भएको कार्यक्रममा देवचुली वडा नम्बर ८ का अध्यक्ष नुनप्रसाद बाचे,कार्यपालिका सदस्य फुलमाया बिक,वडा सदस्यहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

अभिमुखीकरणमा जिल्ला प्रहरी कार्यालय नवलपुरका महिला सेल प्रमुख बिन्दु बिकले जिल्लामा हिंसा अवस्था,हिंसा न्यूनीकरणका लागि भएका गतिविधि लगायतमा सहजीकरण गर्नुभएको थियो।सहभागीहरुले लैंगिक हिंसा सम्बन्धि घटनाहरुको बारेमा आफ्ना अनुभवहरु सुनाएका थिए ।

कार्यक्रममा देवचुली ६,७,८,९,११,१२ वडाका महिला वडा सदस्यहरु,महिला सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। कार्यक्रमलाई देवचुली नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विमला लम्सालले सहजीकरण गर्नुभएको थियो ।
यस अघि नगरपालिकाको सभाहलमा लैङ्गिक हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको र बाँकी वडाको सहभागितामा कार्यक्रम गरिने सामाजिक शाखाले जनाएको छ।

Write your Comment