आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा वडा स्तरीय भलिबल प्रतियोगिता हुँदै

    प्रकाशित २०८० मंसिर २१, बिहिबार (७ महिना अघि)


देवचुली। देवचुली नगरपालिकामा वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र देवचुली ५ वडा युवा तथा खेलकुद विकास समितिको सह आयोजनामा मंसिर २८ गतेदेखि ३० गतेसम्म देवचुली ५ को सकलादेवी खेल मैदानमा प्रतियोगिता सुरु गर्न लागिएको हो।प्रतियोगितामा देवचुली नगरपालिका भित्रका वडाहरुबीच प्रतिष्पर्धा हुने आयोजक समितिका सचिव प्रकाश काफ्लेले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुने वडाले नगद २० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने वडाले नगद १२ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।त्यसै प्रतियोगितामा तृतीय हुने वडाले नगद ५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारको व्यवस्था रहेको नगर युवा तथा खेलकुद विकास समितिले जनाएको छ।

Write your Comment