आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

वडा अध्यक्ष कप भेट्रान्स फुटबल प्रतियोगिता : देवचुली १७ हरियो विजयी

    प्रकाशित २०८० मंसिर १३, बुधबार (८ महिना अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर १७ मा संचालित प्रथम नगरस्तरीय वडा अध्यक्ष कप भेट्रान्स फुटबल प्रतियोगितामा बुधबार देवचुली १७ हरियो विजयी भएको छ।

हरिबोधनी एकादशीको अवसरमा फारम खेलकुद विकास समितिको आयोजनामा वरचुली माध्यमिक विद्यालयको खेल मैदानमा संचालित प्रतियोगितामा देवचुली १७ हरियोले देवचुली ८ लाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो। निर्धारित समयको खेलमा दुवै टिमबाट १-१ बराबरी गोल भएपछी खेल ट्राईबेकरमा गएको थियो। ट्राईबेकरमा देवचुली १७ हरियोले देवचुली ८ लाई ४-३ गोल अन्तरले विजयी भएको हो। आजको खेलमा देवचुली १७ हरियोका गोलरक्षक अर्जुन पौडेल म्यान अफ दि म्याच घोषित भएका थिए।


प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले नगद २० हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।प्रतियोगिताका उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक र प्रत्येक दिनको खेलको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको छ। प्रतियोगितामा बिहीबार देवचुली ११ का विरुद्ध देवचुली १५ बिच खेल हुने खेल संयोजक प्रकाश हमालले जानकारी दिए।

त्यसै गरि आज प्रतियोगिताको उद्घाटन गरिएको छ। फारम खेलकुद विकास समितिका अध्यक्ष जितबहादुर तामाङको अध्यक्षता भएको उद्घाटन समारोहमा देवचुली नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष केशवराज गौतमको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि,नगर खेलकुद विकास समितिका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। उदघाटन समारोहको सहजीकरण सुजन सापकोटाले गरेका थिए ।

Write your Comment