आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नवलपुरमा स्कार्पियो दुर्घटना हुँदा दुई जना घाइते

    प्रकाशित २०८० मंसिर १३, बुधबार (८ महिना अघि)


नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको मध्यविन्दुमा जन्ती बोकेको स्कार्पियो दुर्घटना हुँदा २ जना घाईते भएका छ्न ।

मध्यविन्दु नगरपालिकाको वडा नं १० सानो खहरे स्थित काठमाण्डौँबाट कपिलवस्तु जादैँ गरेको बा १५ च ८०६८ नम्बरको स्कार्पियो आफैं अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक साजन कुमार शर्माले जानकारी दिनुभयो । स्कार्पियो आफै अनियन्त्रित भई सडकबाट पल्टिएर करिब ३० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी स्कार्पियोका चालक कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं १ का देवराज गिरी र रुपन्देही सैनामैना नगरपालिका वडा नं १ का टिकाराम भट्टराई घाईते भएका र उनिहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Write your Comment