आज:  २०८२ बैशाख २०, शनिबार | Sat, 03, May, 2025 Search
FLASH NEWS

देवचुली नगर अस्पतालमा विशेषज्ञ सेवा सुरु

    प्रकाशित २०८० मंसिर ११, सोमबार (१ साल अघि)


देवचुली। देवचुली नगर अस्पतालमा विशेषज्ञ सेवा सुरु गरिएको छ। नगर अस्पतालमा सेवाग्राहीलाई न्युनतम शुल्कमा विशेषज्ञ सेवा प्रदान गर्ने गरि सेवा विस्तार गरिएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।सेवाग्राहीहरुलाई भरतपुर पुगि सेवा लिन पर्ने बाध्यता न्यूनीकरणका लागि नगर अस्पतालमा नै विशेषज्ञ सहितको सेवा सुरु गरिएको हो।

नगर अस्पतालमा प्रत्येक हप्ताको आइतबार हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. सूर्यप्रसाद मिश्र र प्रत्येक हप्ताको सोमबार स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रमेश पौडेलद्वारा सेवा प्रदान गरिने श्रेष्ठले बताउनुभयो । नगर अस्पताल संचालन समितिको निर्णय अनुसार अस्पतालमा विशेषज्ञ सेवा सुरु गरिएको हो।

नगर अस्पतालका अनुसार विशेषज्ञ सेवा लिनका लागि बिमा भएका सेवाग्राहीका लागि रु २०० र अन्यका लागि रु ३०० लिने निर्णय भएको छ। अस्पतालमा पेट,छाती तथा मुटु रोग विशेषज्ञ र छाला रोग विशेषज्ञ सहितको सेवा थप गर्ने तयारी समेत गरिएको छ। नगर अस्पतालमा दैनिक ३ सय देखि ५ सय सेवाग्राहीहरु उपचारका लागि आउने गरेका छन् ।

Write your Comment