आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

नेपाली काँग्रेसका सभापति देउवासहितका शीर्ष नेताहरु देवचुली आउँदै

    प्रकाशित २०८० मंसिर ९, शनिबार (५ महिना अघि)


देवचुली। कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरु मंसिर ११ गते नवलपुरमा आयोजना हुने जिल्ला भेलालाई सम्बोधन गर्न देवचुली आउने भएका छन् । देवचुलीको सहारा पार्टी प्यालेसमा हुने कांग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलनमा सहभागी हुन सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरु आउन लागेका हुन् ।

सम्मेलनबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नवलपुरका जिल्ला सभापति महेन्द्रध्वज जिसीले केन्द्रीय सभापति देउवासहित महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य शेखर कोइराला, पूर्वमहामन्त्री तथा क्षेत्र नम्बर १ का सांसद शशांक कोइराला सहभागी हुने बताए ।सम्मेलनमा पार्टीको आन्तरिक गतिविधिसँगै जिल्लाको आर्थिक, सामाजिक र विकास निमार्णको विषयमा पनि छलफल हुने कार्यसूची छ ।

सम्मेलनको बन्द सत्रमा जिल्लाभरिका ९२ वडाका एक हजार नौ सय ७२ प्रतिनिधि सहभागी हुनेछन् भने खुला सत्रमा जिल्लाभरिका नेता कार्यकर्ता सहभागी हुने कांग्रेस नवलपुरले जनाएको छ ।

Write your Comment