आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024 Search
FLASH NEWS

चितवनमा पाटेबाघ मृत फेला

    प्रकाशित २०८० मंसिर ४, सोमबार (५ महिना अघि)


चितवन।चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा सोमबार बिहान बाघ मृत फेला परेको हो ।

अन्दाजी छ/सात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । बाघ एक आपसमा जुधेर मृत्यु भएको अनुमान गरिएको उनले बताए । निकुञ्जको प्राविधिक टोलीले बाघ कसरा ल्याएर पोस्टमार्टमको तयारी गरेको छ ।

सन् २०२२ मा भएको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा बाघ रहेका छन् ।

Write your Comment