आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024 Search
FLASH NEWS

किन बिकेन सयपत्री फूल? नबिकेको फूलको प्रयोग कसरी गर्ने?

    प्रकाशित २०८० कार्तिक ३०, बिहिबार (५ महिना अघि)


विश्वास लामिछाने,नवलपुर । हिजो भर्खर नेपाली दोस्रो महान चाड तिहार तथा यमपञ्चक समापन भएको छ । नेपालमा तिहारको समयमा सयपत्रीको माला बढी प्रयोग हुन्छ । आकर्षक देखिने भएकाले अन्य फूल भन्दा यो धेरै लोकप्रिय छ । निकै नै मन्द, कस्तूरी झैं गन्ध आउने यो फूललाई संस्कृति भाषामा स्थलपद्यम् नामले चिनिन्छ ।

१६ औं शताब्दीमा मेक्सिकोमा फुलेको सयपत्री फूल बिस्तारै-बिस्तारै अन्य देशहरुसम्म पनि फैलिन थाल्यो । विश्वभरीमा सयपत्री फूलको ५० भन्दा बढी प्रजातिहरु छन् । नेपालमा पनि सयपत्रीका एक दर्जनभन्दा बढी प्रजातिहरु उपलब्ध छन् । सयपत्री फूल नेपालमा निकै लोकप्रिय मानिन्छ । यो फूल वर्षभरी नै फुलाउन सकिन्छ ।

यो बर्ष नेपालमा मनग्य सयपत्री फुल उत्पादन भएपनि उचित मुल्य र बजार पाउन सकेन। फूल उत्पादन कृषक तथा व्यवसायीले यस वर्षको दिपावलीमा फूलको उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन्। रङ्गीचङ्गी बत्ती र फूलैफूलको उत्सवका रुपमा परिचित तिहारका अवसरमा अत्यधिक प्रयोग हुने सयपत्री फूलले यस वर्ष बजार नपाउँदा किसान तथा व्यवसायी निराश भएका हुन्।

फ्लोरिकल्चर एसाेसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले देश बाहिरबाट वैध तथा अवैध रूपमा ठूलो परिणाममा फूल आयात भइदिँदा, विश्व आर्थिक मन्दीको प्रभाव सर्वत्र पर्दा यसपटक तिहारमा नेपाली फूलको कारोबारमा कमी आएको बताए । यस वर्ष तिहारमा बढीमा पाँच लाख माला आयात भए पुग्ने भनि सम्बन्धित निकायको ध्यानाकर्षण गरेकामा त्योभन्दा ठूलो परिमाणमा भारतबाट आयात भएकाले नेपालमा उत्पादित फूलले बजार नपाएको फ्लोरिकल्चर एसाेसिएसनले जनाएको छ।

फुल र बत्तिको पर्व मानिएको नेपालीहरुको दोस्रो महान चाड तिहारको समयमा नेपालमा उत्पादित फुल बिक्री हुन सकेन । विगत देखि नै छिमेकी देशहरुबाट आयात हुने सयपत्री फुलमा करोडौं रुपैयाँ बाहिरिने गर्दथ्यो र यस बर्ष नेपाली किसानहरुले अन्य बर्षमा भन्दा जोड गरेर उत्पादन गरेका थिए तर मनग्य रुपमा बाहिरको फूलले नेपाली बजार ढाकिदिदा नेपाली बजारमा नेपाली उत्पादन निशुल्क बाढ्नुपर्ने स्थिति देखा पर्‍यो । व्यावसायिक सहजिकरण र प्रबन्ध गर्न स्थानिय निकायले पहल नगरेका होइनन तर त्यो सामर्थ्यले नेपाली किसान दाजुभाइलाई राहत हुन सकेन ।

यसरी पनि प्रयोग गर्न सकिन्छ सयपत्री फूललाई

-सयपत्री फुललाई सुकाएर चियाका रुपमा प्रयोग गर्न सकिन्छ र यसले पेटसम्बन्धि विभिन्न रोग जस्तै ग्यास्टिक अल्सर, पेटमा एसिड बढेको निको हुने गर्छ ।

-सयपत्री फूललाई सुकाएर पिसेर लगाउनाले अनुहार चिल्लो हुन्छ । अनुहारमा देखिएका घाउ निको हुन्छन् ।

-सयपत्रीको चास्नी बनाएर पिउनाले रुघाखोकी तथा ज्वरो ठिक हुन्छ ।

-आखाँ र छालामा हुने विभिन्न समस्याका लागि पनि सयपत्री फूलले औषधीको काम गरेको हुन्छ ।

-क्यालेनदुला जातको सयपत्री फुलको सिरप ड्रपले दुखेको कानलाई धेरै आराम दिने काम गर्छ ।

-सुकेको सयपत्री फूललाई तातोपानीमा हालेर नियमित पिउनाले मुखको अल्सर निको हुन्छ ।

-ब्रेस्ट क्यान्सर हुनेले नियमित रुपमा सयपत्री फूल प्रयोग गर्नाले विस्तारै कम हुँदै जान्छ ।

-प्रतिदिन सयपत्री फूलको ताजा रस निकालेर दाद भएको ठाउँमा लगाउनाले दादलाई निकै फाइदा गर्छ । यो प्रक्रिया दिनमा दुइतिन पटक गर्दा राम्रो हुन्छ ।

-वातावरिणय प्रदुषण , चूरोट या सुर्तिजन्य वस्तुबाट हुने विभिन्न रोगबाट बच्न पनि सयपत्री फूलको जुस नियमित प्रयोग गर्नाले फाइदा गर्छ ।

-रातभर भिजाएर राखेको सयपत्रीको पानीले मुख धुनाले आँखामा हुने विभिन्न संक्रमणबाट जोगाउँछ ।

-विभिन्न तारे होटलमा सयपत्री फूललाई सुप, सस, सलाद, जुस र केकमा प्रयोग गर्छन जुन स्वास्थ्यको लागि अति नै उपयोगी मानिन्छ ।

-सौन्दर्यका लागि पनि सयपत्री पेटल, मह, बेसन, क्रिम मिसाएर फेसवास गर्नाले अति चमक आउँछ ।

-शारीरिक रुपमा देखा पर्ने विभिन्न प्रकारका चर्मरोग जस्तै जिउ चिलाउने जस्ता विभिन्न प्रकारका रोगहरुको निर्मुल पार्ने गर्दछ ।

Write your Comment