आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भीमसेन प्रथम

    प्रकाशित २०८० कार्तिक २६, आईतबार (६ महिना अघि)


देवचुली। देवचुली नगरपालिकामा संचालित पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भीमसेन आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ। देवचुली नगरपालिकाको आयोजना,कालिका माध्यमिक विद्यालयको संयोजन र देवचुली नगर युवा तथा खेलकुद विकास समितिको सहयोगमा संचालित प्रतियोगितामा १८ स्वर्ण,७ रजत र ३ कास्य पदक सहित भीमसेन आदर्श माध्यमिक विद्यालय नगरमा प्रथम भएको हो ।


प्रतियोगितामा ११ स्वर्ण,८ रजत र ३ कास्य पदक सहित देवचुली माध्यमिक विद्यालय द्वितीय भएको छ भने ७ स्वर्ण,६ रजत र ३ कास्य सहित पृथ्वी माध्यमिक विद्यालय तृतीय हुन सफल भएको छ। त्यसै गरि ४ स्वर्ण,९ रजत र ३ कास्य सहित सकलादेवि माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेको छ।नगरमा प्रथम, द्वितीय ,तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयहरुलाई नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

देवचुली नगरपालिकामा रहेका १४ माध्यमिक विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा नेपाल माध्यमिक विद्यालयले ४ स्वर्ण,८ रजत र १० कास्य पदक ,कालिका माध्यमिक विद्यालयले ३ स्वर्ण,२ रजत र ४ कास्य पदक,वरचुली माध्यमिक विद्यालयले २ स्वर्ण,३ रजत र ३ कास्य पदक,विश्वज्योति माध्यमिक विद्यालयले ३ स्वर्ण,२ रजत र २ कास्य पदक,जनज्योति नमूना माध्यमिक विद्यालयले १ स्वर्ण,१ रजत र ४ कास्य पदक, जन ज्योति माध्यमिक विद्यालयले ३ रजत र ४ कास्य पदक ,अमर इङलिस बोडिङ स्कुल र न्यू नवल बोडिङ स्कुलले १/१ रजत पदक प्राप्त गरेका छन् ।

त्यसै गरि मार्च पासमा भीमसेन आदर्श माध्यमिक विद्यालय प्रथम,नेपाल माध्यमिक विद्यालय द्वितीय र विश्व ज्योति माध्यमिक विद्यालय तृतीय भएका छन् । भलिबल तर्फ सर्वोकृष्ट छात्रा पृथ्वी गाहा र छात्र रेशमबहादुर बिक भएका छन् भने कबड्डीतर्फ सर्वोकृष्ट छात्रा अस्मी क्षेत्री र छात्र कविन चापागाई भएका छन् ।

कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर भुसालको अध्यक्षता भएको पुरस्कार वितरण कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माको प्रमुख आतिथ्यता रहेको थियो।त्यसै गरि नगर प्रवक्ता तिलप्रसाद काफ्ले,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुन,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि,विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

कार्तिक २२ गतेदेखि २४ गतेसम्म संचालित प्रतियोगिताको पुरस्कार शनिबार वितरण गरिएको हो।कार्यक्रममा पदक जित्ने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।

Write your Comment