आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नवलपुरमा राति ९ बजेपछि देउसी भैलो खेल्न निषेध

    प्रकाशित २०८० कार्तिक २३, बिहिबार (८ महिना अघि)


नवलपुर । नवलपुरमा राति ९ बजेपछि देउसी, भैलो खेल्न निषेध लगाइने भएको छ ।जिल्ला प्रशासन कार्यालय नवलपुरले रातको समयमा आफ्नो चिनजान भएको स्थानमा मर्यादित र सभ्य तवरले रातको ९ बजेसम्म देउसी भैलो खेल्न अनुरोध गरेको छ ।

सामाजिक तथा धार्मिक सद्भाव कायम गर्दै चाडपर्व सभ्य, सुरक्षित र मर्यादित रुपमा मनाउन प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले आग्रह गर्नुभएको हो ।प्रमुख जिल्ला अधिकारी श्रेष्ठद्धारा जारी विज्ञप्तिमा मदिरा तथा मदिराजन्य पदार्थको सेवन गरी सार्वजनिक स्थानमा होहल्ला र झैझगडा नगर्न समेत उल्लेख गरेको छ ।

त्यस्तै जुवातास, लङ्गुरबुर्जा , कौडा सट्टेबाजी लगायतका जुवाजन्य खेल खेल्नेखेलाउने र कानुनले निषेध गरेका कुनै प्रकारका कार्यहरु नगर्न सूचनामा भनिएको छ ।जिल्लाभर पटाकालगायत प्रज्वलनशील पदार्थको ओसारपसार नगर्न तथा पड्काउनसमेत रोक लगाएको छ । सूचनामा उल्लेखित विषयहरुको पालना नगरे प्रचलित कानुन अनुसार कारबाही हुने प्रशासनले जनाइएको छ ।

Write your Comment