आज:  २०८१ आश्विन २१, सोमबार | Mon, 07, Oct, 2024 Search
FLASH NEWS

भूकम्प पीडितका लागि देवचुली नगरपालिकाले दुई लाख रुपैयाँ सहयोग गर्ने

    प्रकाशित २०८० कार्तिक १९, आईतबार (११ महिना अघि)


नवलपुर । नवलपरासी पूर्वको देवचुली नगरपालिकाले जाजरकोट केन्द्र बनाई गएको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्दार, राहात र पुनर्स्थापना लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै भूकम्पका पीडितहरुको उद्दार, राहात र पुन र्स्थापनाका लागि नगरपालिका र नगरबासीको तर्फबाट नगरपालिकाबाट दुई लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको हो । उहाँले भूकम्पमा परी मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । यस्तै मृतकका परिवारजनलाई समवेदना र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत नगर प्रमुखले गर्नु भएको छ ।

शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पको कारण जाजरकोट र पश्चिम रुकुममा ठुलो जनधनको क्षति भएको छ । यस अगाडी नवलपुरको मध्यविन्दु नगरपालिका र बिनयी त्रिवेणी गाउँपालिकाले पनि भूकम्प पीडितको लागि दुई लाख आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

Write your Comment