आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

कार्तिक १७ र १८ गते नवलपुरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

    प्रकाशित २०८० कार्तिक १५, बुधबार (५ महिना अघि)


नवलपुर । देशभरका पाँच वर्षसम्मका बालबालिकालाई कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउने अभियानमा सहयोग पुर्‍याउन स्वास्थ्य कार्यालय नवलपुरले आग्रह गरेको छ ।

जन्मेको ६ महिनादेखि ५९ महिना उमेरका सबै बालवालिकालाई खुवाईने भिटामिन ए र १२ महिनादेखि ५९ महिना उमेरका बालबालिकालाई दिईने जुका विरुद्धको औषधि अभियानमा सत प्रतिसत बालवालिकालाई सहभागी गराउन स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले अनुरोध गर्नुभएको हो ।

नवलपुर जिल्लामा यसवर्ष २६ हजार ९ सय १४ बालवालिका भिटामिन ए औषधि खाने उमेरका बालबालिका र २३ हजार ९ सय ३१ जुकाको औषधि सेवन गर्ने उमेरका बालबालिका रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले जनाएको छ ।

Write your Comment