आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024 Search
FLASH NEWS

इजरायलबाट स्वदेश फर्किन थप २०० नेपालीले दिए निवेदन

    प्रकाशित २०८० आश्विन २६, शुक्रबार (६ महिना अघि)


काठमाडौँ।इजरायलबाट स्वदेश फर्किन थप २०० जना नेपालीले निवेदन दिएका छन् । तेल अबिबस्थित नेपाली दूतावासका अनुसार स्वदेश फर्किन थप २०० नेपालीले निवेदन दिएका छन् ।

इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो ।अनलाइनमा नेपालीको विवरण प्राप्त भइराखेको दूतावासले जनाएको छ । बाँकी रहेका सबैलाई नेपाल फर्काउने प्रक्रिया सुरु भएको छ ।

Write your Comment