आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीको स्थानीय वन ऐन २०७९ कार्यान्वयन सम्बन्धि छलफल

    प्रकाशित २०८० आश्विन २४, बुधबार (९ महिना अघि)


देवचुली। देवचुली नगरपालिकाको स्थानीय वन ऐन २०७९ कार्यान्वयनका लागि छलफल तथा अन्तरक्रिया गरिएको छ।ग्रीन फाउन्डेसन नेपाल नवलपुर शाखाको आयोजनामा सरोकारवालाको उपस्थितिमा कार्यक्रम गरिएको हो।देवचुलीमा निर्माण भएको स्थानीय वन ऐन २०७९ कार्यान्वयन गर्नुका साथै ऐनमा संशोधन गर्नुपर्ने विषयमा छ्लफल गर्न कार्यक्रम गरिएको ग्रीन फाउन्डेसन नेपाल नवलपुर शाखाका अध्यक्ष ठाकुरप्रसाद पाण्डेले जानकारी दिनुभयो ।देवचुलीमा रहेका सामुदायिक वनहरु नगरपालिकामा सुचिकृत गरि वनको कार्ययोजना वार्षिक रुपमा पेश गर्नुपर्ने र ऐन कार्यान्वयन गर्न सरोकारवाला लाग्नुपर्ने उहाँले बताउनुभयो ।


ग्रीन फाउन्डेसन नेपाल नवलपुर शाखाका अध्यक्ष ठाकुरप्रसाद पाण्डेको अध्यक्षता भएको कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि नगर उप प्रमुख पार्वता तिवारी,प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा,नगर प्रवक्ता तिलप्रसाद काफ्ले,वडा अध्यक्षहरु, फेकोफन नवलपुरका प्रतिनिधि,सामुदायिक वनका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा छ्लफल गरिएको थियो।

कार्यक्रममा देवचुली नगरपालिकाको स्थानीय वन ऐन २०७९ राम्रा पक्ष र संशोधन गर्नुपर्ने पक्षको विषयमा सुरेश रावतले सहजीकरण गर्नुभएको थियो। अमर ज्योती सामुदायिक वनका अध्यक्ष टुकलाल रुचालले वन ऐनमा छुटेका प्रावधान राख्न र ऐन प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो।नगरपालिकाले वन प्राविधिक नगरमै राख्नुपर्ने कुरामा उहाँले जोड दिनुभएको थियो।


फेकोफन नवलपुरका उपाध्यक्ष कमल बाचेले ऐन कार्यान्वयनका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो । समय सान्दर्भिक ऐन संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो। देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले देवचुलीका सामुदायिक वनमा सम्भावना निकै रहेको र सोही अनुसार ऐन निर्माण गरिएको बताउनुभयो । सामुदायिक,राष्ट्रिय तथा धार्मिक वनलाई संरक्षण,संवर्द्धन र उपयोग गर्ने नीति नगरको रहेको तिवारीले बताउनुभयो ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले ऐन कार्यान्वयनका लागि नगरपालिका तयार रहेको बताउनुभयो ।ऐन संशोधनका लागि सामुदायिक वन र नगरपालिका बीच छ्लफल गरिने उहाँले बताउनुभयो ।सामुदायिक वनमा लघु उद्यम संचालन गर्न सके उपभोक्ताहरुलाई स्वरोजगार बन्नका लागि सहयोग पुग्ने उहाँले बताउनुभयो ।


कार्यक्रममा ग्रीन फाउन्डेसन नेपाल नवलपुर शाखाका उपाध्यक्ष गोमा पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव दुर्गादेवि बिष्टले संचालन गर्नुभएको थियो।

Write your Comment