आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023 Search
FLASH NEWS

देवचुली ६ किर्तिपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

    प्रकाशित २०८० आश्विन १२, शुक्रबार (२ महिना अघि)

देवचुली।देवचुली नगरपालिका वडा नम्बर ६ किर्तिपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। नापा वासको सहयोगमा देवचुली ६ को आयोजना तथा किर्तिपुर खानेपानी सरसफाइ उपभोक्ता समुह,तीन कन्या आमा समुह,देवचुली युवा क्लब,सृजना सामुदायिक वन,नेपाल राष्ट्रिय शारदा आधारभूत विद्यालयको सह आयोजनामा शुक्रबार सरसफाई कार्यक्रम गरिएको हो।


देवचुली ६ लाई पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने र किर्तिपुर लाई होमस्टे क्षेत्र बनाउने उद्देश्यले सरसफाई कार्यक्रम गरिएको वडा अध्यक्ष मिनबहादुर सोती मगरले बताउनुभयो ।सरसफाई कार्यक्रममा जनप्रतिनिधि, स्थानीयबासी, युवा क्लबका प्रतिनिधिहरु,सामुदायिक वनका पदाधिकारीहरु, विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थितिमा रहेको थियो।

Write your Comment