आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

देवचुलीमा राष्ट्रिय शिक्षा दिवशको अवसरमा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालय सम्मानित

    प्रकाशित २०८० आश्विन १२, शुक्रबार (१ साल अघि)


देवचुली। राष्ट्रिय शिक्षा दिवशको अवसरमा देवचुली नगरपालिकाद्वारा शिक्षक तथा विद्यार्थीहरु सम्मानित गरिएको छ। “समावेशी र सीपमूलक शिक्षा स्वदेशमै युवा राष्ट्रको इच्छा” भन्ने नाराका साथ मनाइएको कार्यक्रममा कक्षा ५ को स्तरीकृत परीक्षा २०७९,कक्षा ८ को आधारभूत तह उतीर्ण परीक्षा २०७९ र एस ई ई २०७९ का उत्कृष्ट विद्यार्थी सम्मान,कक्षा १२ को उत्कृष्ट विद्यार्थी सम्मान,उत्कृष्ट क्षमता भएका विद्यार्थी सम्मान,अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी सम्मान,विषयगत शिक्षक सम्मान,सर्वोकृष्ट लेखापाल,कर्मचारी तथा बाल विकास सहजकर्ता सम्मान र तहगत उत्कृष्ट विद्यालय सम्मान गरिएको हो।

कक्षा ५ को स्तरीकृत परीक्षा २०७९ मा ४ जिपिए ल्याउने उत्कृष्ट विद्यार्थीहरुतर्फ भीमसेन आदर्श माध्यमिक विद्यालयका भुमिका पुलामी मगर, एसिका गाहा मगर, नेपाल माध्यमिक विद्यालयका पुर्णिमा नेपाली र विश्वज्योति माध्यमिक विद्यालयका सिद्धान्त शर्मालाई सम्मान गरिएको छ ।यसैगरि आधारभूत तह उतीर्ण परीक्षा २०७९ मा ४ जिपिए ल्याउने २७ जना विद्यार्थीहरुलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा भीमसेन नमुना माध्यमिक विद्यालयका साहिल भुसाल, एन्जेलिना पोख्रेल, विविसा न्यौपाने, आयुसा काफ्ले, एलिना खन्डलुक मगर, तिलक श्रीस, लक्ष्मी गुरुङ, नेपाल माध्यमिक विद्यालयका पुष्प सारु मगर, पुर्वी पौडेल, रचना पराजुली, उत्सव वराल, अमिशा न्यौपाने, किस्मत पोख्रेल, अनुस्का पंजियार, विश्वज्योति माध्यमिक विद्यालयका लक्ष्मी श्रेष्ठ, दिव्यज्योति आधारभूत विद्यालयका अपिल भुसाल, राधिका सिंजाली, पृथ्वी माध्यमिक विद्यालयका स्नेहा न्यौपाने, अमर ईङ्लिस स्कुलका निखिल जैसवाल, कालिका माध्यमिक विद्यालयका सौरभ राउल, मन्जिला श्रेष्ठ, जनज्योति नमुना माध्यमिक विद्यालयका अन्जु श्रेष्ठ, जनज्योति माध्यमिक विद्यालयका तर्फ सुवेदी, अंकिता जैसी, संगित रानाभाट, मूनलाईट आदर्श पब्लिक एकेडेमीका अनुश्री श्रेष्ठ र देवचुली माध्यमिक विद्यालयका प्रेरणा काफ्ले रहेका छन् । एस ई ई २०७९ मा सर्वाेत्कृष्ट विद्यार्थीहरु तर्फ विश्वज्योति माध्यमिक विद्यालयका कृतिका काफ्ले, जनज्योति माध्यमिक विद्यालयका प्रविन काफ्ले, कक्षा १२ मा सर्वोेत्कृष्ट विद्यार्थीका रुपमा देवचुली मा.विकी कृशला शर्मा सम्मानित भएका छन् ।

कार्यक्रममा स्तरीकृत परीक्षा,आधारभूत तह उतीर्ण परीक्षा तथा एस ई ई परीक्षा नेपाली,अंग्रेजी,गणित,विज्ञान,र सामाजिक विषयमा सर्वोत्कृष्ट नतिजा ल्याउने शिक्षकहरुलाई सम्मान गरिएको छ। स्तरीकृत परीक्षातर्फ मनकामना आधारभूत विद्यालयका अम्बिका भुसाल,दिव्य एकेडेमीका सीता सुनार,मनकामना आधारभूत विद्यालयका रोशन सोती,दिव्यज्योति आधारभूत विद्यालयका धर्मागत पराजुली र जनज्योति माध्यमिक विद्यालयका श्यामलाल न्यौपाने सम्मानित भएका छन् । आधारभूत तह तर्फ कालिका माध्यमिक विद्यालयका मन्जु नेपाली परियार,पृथ्वी माध्यमिक विद्यालयका विजयकुमार सारु,ध्रुवराज रेग्मी,विश्वज्योति माध्यमिक विद्यालयका मदन भण्डारी,सकलादेवी माध्यमिक विद्यालयका राजकुमार श्रेष्ठ सम्मानित भएका छन् भने एस ई ई तर्फ जनज्योति माध्यमिक विद्यालयका इश्वरी खनाल,विश्वज्योति माध्यमिक विद्यालयका रामकुमार बराइली,मदन भण्डारी,शंकर शर्मा सुवेदी र देवचुली माध्यमिक विद्यालयका हेराबहादुर खत्री सम्मानित भएका छन् । शिक्षक हस्तलेखन प्रतियोगितामा सर्वाेत्कृष्ट शिक्षकतर्फ दिव्य एकेडेमीका निरमाया गाहा मगर र वरचुली माध्यमिक विद्यालयका डिलप्रसाद तिवारी सम्मानित भएका छन् ।यसैगरि सर्वाेत्कृष्ट बाल विकास सहजकर्ताका रुपमा वरचुली मा.विका नानु माझी,सर्वाेत्कृष्ट विद्यालय कर्मचारीतर्फ भीमसेन माध्यमिक विद्यालयका पवित्रा अधिकारी र सर्वाेत्कृष्ट लेखापालतर्फ जनज्योति नमुना माध्यमिक विद्यालयका विष्णुप्रसाद गौतम सम्मानित भएका छन् ।

कार्यक्रममा हाजिरीजवाफ प्रतियोगितामा आधारभूत तह (१-५) मा प्रथम हुने भृकुटी ईङ्लिस बोडिङ्ग स्कुलका पविता वान्टकी, सुप्रिम भुसाल, विशेष काफ्ले, द्धितीय वरचुली माध्यमिक विद्यालयका शिरिषा सुवेदी, प्रज्ञान खनाल, सिर्जल गैहे र तृतीय पृथ्वी माध्यमिक विद्यालयका दिशान्त भुसाल, महिमा थनेत, दिवस आचार्य सम्मानित भएका छन् ।आधारभूत तह (६-८) तर्फ भीमसेन आदर्श माध्यमिक विद्यालयका निशाना भुसाल, सन्देश तिवारी, स्पर्स डिस्वा, द्धितीय नेपाल माध्यमिक विद्यालयका सुवासना ढकाल, रेगन पुडासैनी, आर्जन अधिकारी र तृतीय सकला माध्यमिक विद्यालयका रिजन राना, पवन भण्डारी आकृति चापागाई सम्मानित भएका हुन् ।माध्यमिक तहको कक्षा (९-१०) तर्फ प्रथम हुनेमा भीमसेन आदर्श माध्यमिक विद्यालयका सौगात दवाडी, मनिका बसेल, अपिल भुसाल, द्धितीय सकलादेवि माध्यमिक विद्यालयका पूजा कण्डेल, एलन खड्का, प्रवेश पाण्डे र तृतीय नेपाल माध्यमिक विद्यालयका प्रशान्त अर्याल, सुलभ ज्ञवाली र अमिशा न्यौपाने सम्मानित भएका छन् ।

यसैगरि देवचुली नगरपालिकामा चित्रकलातर्फ उत्कृष्ट विद्यार्थी विश्वज्योति माध्यमिक विद्यालयका विपिन पाण्डे सम्मानित भएका छन् भने उत्कृष्ट खेलाडी विद्यार्थीतर्फ वरचुली माध्यमिक विद्यालयकी सेनु परिवारलाई सम्मान गरिएको हो ।

आधारभूत तह (१-५) मा मनकामना आधारभूत विद्यालय ,आधारभूत तह (६-८) मा नेपाल माध्यमिक विद्यालय र माध्यमिक तहमा विश्वज्योति माध्यमिक विद्यालय सर्वोत्कृष्ट विद्यालयबाट सम्मानित भएका छन् ।

कार्यक्रममा देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, नगर प्रवक्ता तिलप्रसाद काफ्ले, शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख रुद्र शर्मा,शिक्षक महासंघ नवलपुरका अध्यक्ष चन्द्रदेव तिवारी ,सामाजिक विकास समितिका संयोजक भूमिसरा आले, देवचुली १३ का वडाध्यक्ष एकदेव पौडेल, नगर शिक्षा समिति सदस्य शिवप्रसाद देवकोटा, बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, राष्ट्रिय अभिभावक संघ नवलपुरका अध्यक्ष युवराज वाग्ले,जनज्योति माध्यमिक विद्यालयका अध्यक्ष बद्रिनाथ बसेल, अमर ईङ्लिस स्कुलका प्रधानाध्यापक पदम बराल,जिल्ला बाल संजाल नवलपुरका अध्यक्ष कृशला शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

देवचुली नगरपालिकाको नगर प्रमुख हरिप्रसाद न्यौपाने अध्यक्षता भएको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य, नाटक लगायत प्रस्तुति गरेका थिए।कार्यक्रमको सहजीकरण देवचुली नगरपालिकाका शिक्षा अधिकृत नन्दलाल ढकालले गर्नुभएको थियो ।

Write your Comment