आज:  २०८१ भाद्र २६, बुधबार | Wed, 11, Sep, 2024 Search
FLASH NEWS

राष्ट्रिय बाल दिवसको अवसरमा देवचुलीका किशोरीहरुलाई खेलकुद सामग्री हस्तान्तरण

    प्रकाशित २०८० भाद्र ३०, शनिबार (१२ महिना अघि)


देवचुली। ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा देवचुली १० का किशोरीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ।क्यान्नलन स्विजरल्याण्डको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा देवचुली वडा नम्बर १०,नवलपुर किशोरी संजाल र जागृति बाल क्लबको समन्वयमा देवचुली १० मा रहेको पृथ्वी माध्यमिक विद्यालयको किशोरी भलिबल समुहका किशोरीहरुलाई १६ सेट जर्सी हस्तान्तरण गरिएको हो।


शुक्रबार विद्यालयमा किशोरीहरुको खेलकुदमा सहभागिता अभिवृद्धि विषयक छलफलसँगै किशोरी भलिबल समुहलाई खेल सामाग्री हस्तान्तरण गरिएको हो। विद्यालयले किशोरीहरुलाई भलिबल खेलमा सहभागी गराईरहदा खेलाडीहरुलाई उत्प्रेरित गर्न संस्थामार्फत खेल सामाग्री प्रदान गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले जानकारी दिनुभयो ।नेपालबाट सहभागी हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा महिलाहरुलेको बिजेता हुने दर बढी रहेको बताउँदै किशोरीहरुलाई विद्यालय तहबाट नै खेलकुदमा लाग्न प्रेरित गर्नुपर्ने शर्माले बताउनुभयो । संस्थाले देवचुली नगरपालिका किशोरी सशक्तीकरण परियोजना संचालन गरि किशोरीहरुको पढाइ सँगसँगै नेतृत्व विकास तथा क्षमता अभिवृद्धिमा सहयोग गरेको उहाँले बताउनुभयो । देवचुली १० मा संस्थाद्वारा निर्माण भईरहेको किशोरी स्रोत तथा अध्ययन केन्द्रमा निर्माण सम्पन्न पश्चात विद्यालयका किशोर किशोरीहरुका लागि अतिरिक्त अध्ययन गर्ने थलोको रुपमा विकास गरिने उहाँको भनाइ छ।

पृथ्वी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर घर्ती मगरको अध्यक्षता भएको कार्यक्रममा देवचुली वडा नम्बर १० का वडाध्यक्ष रेप्तीकुमार घर्तीको प्रमुख आतिथ्यता रहेको थियो ।त्यसै गरि देवचुली युवा तथा खेलकुद विकास समितिका अध्यक्ष चन्द्र बहादुर थापा, सदस्य अनुपलाल श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सदस्य संजय काफ्ले, पृथ्वी माध्यमिक विद्यालयका प्रधानाध्यापक जयनारायण सापकोटा लगायत विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो।


देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले आफ्नो वडाका किशोरीहरु विभिन्न प्रतियोगितामा सहभागिता हुँदा खुशी लाग्ने बताउँदै किशोरीहरुको नियमित प्रशिक्षण गराएकोमा विद्यालयलाई धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो। किशोरीहरुको खेलकुदका लागि वडाले सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जयनारायण सापकोटाले संस्थाद्वारा विद्यालयमा विभिन्न सहयोग भइरहेको र आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा रहेको बताउनुभयो । उहाँले विद्यालयमा किशोरीहरुको शौचालय निर्माणलगायत विद्यार्थीहरुलाई छात्रवृत्ति लगायतका कार्यक्रममा विद्यालयलाई प्राथमिकतामा राखेकोमा जागृति बाल तथा युवा सरोकार नेपाललाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो। कार्यक्रममा किशोरी भलिबल समुहका खेलाडीहरुले १/१ सेट जर्सी प्राप्त गरेका थिए।

Write your Comment